• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

बिक्री नभएर गोदाममै थन्कियो सहुलियतको काठ

  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। वन डिभिजन कार्यालयमार्फत सहुलियतमा दिँदै आएको चिरान काठ बिक्री नभएर गोदाममा थन्किएको छ । उपभोक्ताको माग अत्यधिक आएर पु-याउन मुस्किल हुने गरेकामा गत आर्थिक वर्षमा भने बिक्री नभएर गोदाममा थन्किएको हो । काठ बिक्री नभएर यसरी गोदाममा राख्नु परेको यो पहिलो घटना भएको डिभिजन कार्यालय चितवनका प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो । अघिल्लो आवमा अत्यधिक मागका कारण वितरण गर्न समस्या भएको थियो । आव २०७९/८० मा आवेदन दिन दुई पटक सूचना निकालिएको थियो ।

    गत मङ्सिर महिनामा सूचना प्रकाशित गरी फागुनसम्ममा आवेदन दिएका २५९ जनालाई नै काठ वितरण गरिएको थियो । यस्तै गत आवको वैशाखदेखि असारसम्म आवेदन दिएका २०२ जनालाई फोन गरेर बोलाउँदै काठ वितरण गरिएको वन कार्यालय अन्तर्गत आपूर्ति समितिले जानकारी दिएको छ । विगतको तुलनामा अहिले काठको माग कम भएको र घर बनाउनेको सङ्ख्या कमी भएका कारण आपूर्तिमा समेत त्यसको प्रभाव परेको कार्यालय प्रमुख नेपालले जानकारी दिनुभयो ।

    अन्य समयमा माग धेरै हुने भएपछि पुरानो मर्मतका लागि १२ र नयाँ निर्माणका लागि २० क्युफिट चिरान काठ दिने गरिएको थियो । निवेदन कम आएपछि गत मङ्सिरमा मर्मतका लागि १५ र निर्माणका लागि ३० क्युफिट काठ वितरण गरिएको थियो । त्यस्तै पछिल्लो पटक वैशाखमा निकालेको सूचनामा निवेदन कम भएपछि मर्मतका लागि २५ र निर्माणका लागि ५० क्युफिट वितरण गरिएको छ । चिरान काठ प्रतिक्युफिट तीन हजार ७५० र विपत्का लागि एक हजार ७६० रुपियाँ दर लगाइएको छ ।

    बजारमा खरिद गर्नुपर्दा प्रतिक्युफिट छ हजार रुपियाँ पर्ने गरेको छ । सहुलियतमा दिँदासमेत निवेदन नपर्नु भनेको भवन निर्माणको काममा गिरावट आउनु रहेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले बताउनुभयो । बिक्री नभएको काठ बिक्री गर्न पुनः भदौमा सूचना निकालेर आवेदन लिने कार्यालयले जानकारी दिएको छ । घरको नक्सा पासको कागजसहित आवश्यक कागजपत्र वन कार्यालयमा बुझाएपछि आपूर्तिबाट सहुलियतका चिरान काठ फर्निचर, निर्माण, झ्यालढोका निर्माणका लागि बिक्री हुँदै आएको खबर आजको गोरखापत्रमा  छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.