• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि सडकमा पार्किङ

  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँस्थिति सरकारी भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि पार्किङ अभाव भएको छ । अस्पतालको जग्गामा पार्किङ साँघुरो भएपछि सडकमा पार्किङ गर्न थालिएको हो । भरतपुर अस्पतालको ३० बिघा ११ कट्ठा छ धुर जग्गामध्ये अहिले अस्पतालसँग १२ बिघा मात्रै बाँकी छ । अस्पतालबाहिर झण्डै पाँच सय मिटर लामो सडकमा मोटरसाइकल र गाडी पार्किङ गर्ने गरिएको छ । यसबाट दिनभर अस्पताल अगाडिको सडक क्षेत्रमा भीडभाड हुने गरेको छ ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पताल परिसरमा ठाउँ अभावका कारण पार्किङ व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । अस्पतालको पूर्वतर्फ भने बाइपास सडकसँगैको भागमा अस्पतालको जग्गा खाली रहेको छ । पौडेलले पार्किङका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराएर छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको जग्गा बाँडेर र भाडामा लगाएर सकिएकाले पार्किङको समस्या भएको हो ।”

    कर्मचारीबाहेक अन्यलाई अस्पतालले पार्किङको व्यवस्था गर्नसकेको छैन । भर्ना भएका बिरामी कुरुवाको पार्किङ भने पूर्ववत् अवस्थामा सञ्चालनमा छ । गएको आइतबार बहिरङ्ग सेवा लिन दुई हजार एक सय ७५ जना आएका थिए । अघिल्लो आइतबार यो सङ्ख्या दुई हजार दुई सय ८९ थियो । बिरामीसँगै अन्य साथीसमेत आउने भएकाले अस्पतालमा भीड बढ्ने गर्दछ । बीमाको प्रथम विन्दु भरतपुर अस्पताल भएकाले बिरामीको चाप बढ्दो छ । भरतपुर अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेसलाई भाडामा लगाइएको छ ।

    यसैगरी स्कुल अफ हेल्थ साइन्स, नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार कार्यालय, स्वास्थ्य कार्यालय चितवन, नगर टोल विकास संस्थालाई प्रयोगका लागि दिइएको छ । साझा औषधि पसलले पनि जग्गा उपभोग गरेको छ । अस्पतालकै नाममा लालपुर्जा भएको जग्गा भरतपुर आँखा अस्पतालले समेत प्रयोग गरेको छ । आँखा अस्पतालले मन्त्रिपरिषद्बाट निर्णय भएकाले सो जग्गाको लालपुर्जा पाउनुपर्ने माग गर्दै आएको छ । रासस

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.