• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भरतपुरको पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न

  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समय सकिएर थप गरिएको छ महिना वितिसक्दा पनि हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । विसं २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु गरिएको उक्त सडक खण्डको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर साहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विसं २०७९ माघसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त समयमा निर्माण सम्पन्न नभएपछि आगामी मङ्सिरसम्मका लागि समय तोकिएको छ । हालसम्म गोन्द्राङ्देखि भरतपुर महानगरपालिकाको गेट अगाडिसम्म पहिलो चरणको काम भइरहेको छ भने लयायन्सचोकदेखि पुलचोकसम्मको काम सम्पन्न भइसकेको छ । सर्भिस लेन र फुटपाथको काम बाँकी रहेको साहले जानकारी दिनुभयो । खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको काम गरिरहेकाले फुटपाथको काम गर्न केही समय लाग्ने उहाँको भनाइ थियो ।

    “एक्सप्रेस लेन ११/११ मिटरको हुने छ भने फिक्स रोड डिभाइडर चार मिटर, सर्भिसलेन पाँच÷पाँच मिटरको रहने छ । फुटपाथ तीन मिटरको बनाइने छ”, साहले भन्नुभयो । उहाँले निर्माण तीव्र गतिमा भइरहेको भन्दै सडक निर्माणका लागि चालु आर्थिक वर्षमा रू पाँच करोड मात्रै रकम विनियोजन भएको जानकारी दिनुभयो । छ किलोमिटरको उक्त सडक निर्माणका लागि रू एक अर्ब १२ करोडमा ठेक्का सम्झौता भएको भए पनि संशोधन भएर रू एक अर्ब २३ करोड पुगेको छ ।

    सरकारले ठेकेदार कम्पनीलाई समयमा काम सक्न ताकेता दिँदै आए पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा समयमा काम सम्पन्न गर्न समस्या भइरहेको इन्जिनियर साहले बताउनुभयो । “अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत भएको छ । वित्तीय प्रगति ६० प्रतिशत मात्रै छ । काम सक्नका लागि आवश्यक बजेट आउन सकेको छैन”, उहाँले भन्नुभयो, “अहिले विनियोजन गरेको बजेटले पहिला सम्पन्न गरेको कामकोसमेत तिर्न पुग्दैन ।” भरतपुरको मुख्य सहरी क्षेत्रभित्र पर्ने उक्त सडक खण्ड निर्माण ढिलो हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । रासस 

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.