• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

किसानको पशु सुरक्षणमा पालिका सचेत छ, ढुक्क भएर पशुपालनमा लाग्नुस नगरप्रमुखः रेग्मी

  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका  । कालिका नगरपालिका क्षेत्रभित्रका ५४ सय ५० वटा गाई, भैसीमा लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाइसकेको छ । साउन २५ गतेदेखि नगरपालिकाले अभियानकै रुपमा किसानहरुको गोठगोठमा प्राविधि सहितको टोलीलाई भ्याक्सिन लगाउन पठाएको हो । नगरपालिका अन्तगर्त पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलका अनुसार कालिकाको वडा नं. १ देखि ७ नम्बर वडाका किसानले पालेको गाई, भैसीलाई भ्याक्सिन लगाउने काम सकिएको छ । वडा नं. ८, ९, १० र ११ वडामा अहिले भ्याक्सिन लगाउने काम जारी छ ।

    नगरपालिकाले लम्पी स्किन विरुद्धको भ्याक्सिनसँगै आवश्कता अनुसार जुकाको औषधी समेत निशूल्क दिइरहेको छ । भ्याक्सिनका कारण कुनै साईड इफेक्ट कतै देखिएको छैन । सुरुमा किसानहरु भ्याक्सिन लगाउन आनाकानी गरेका थिए । दुग्ध घट्ने डर किसानहरुमा थियो पशु शाखा प्रमुख पौडेलले भन्नुभयो – ‘अहिले किसानहरुले बुझे, हाम्रो गोठमा भएका गाईभैसीलाई पनि लगाईदिनुस भन्न थालेका छन् ।’ प्राविधिक टोलीले गोठमा देखिने फोहोर लगायत गाईभैसीलाई दिने दानापानीको विषयमा पनि सम्झाउँदै हिडेका छन् ।

    प्राविधिक टोलीसँगै जनप्रतिनिधिहरु पनि किसानको गोठगोठ पुगिरहेका छन् । वडा नं. ८ मा अब ३ वटा टोलमा भ्याक्सिन लगाउन बाँकी छ । यो वडामा साउन २७ गतेदेखि अभियान सुरु भएको थियो । १७ वटा टोल मध्ये ३ वटा मात्रै बाँकी रहेको वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरले जानकारी दिनुभयो । वडा नं. ८ मा मात्रै अहिले सम्म ६सय ७५ वटा गाईभैसीमा भ्याक्सिन लगाइएको छ । लम्पी स्किनको संक्रमणका कारण यो वडामा केही गाईहरु मरेको भएपनि अहिले पूर्ण रुपमा नियन्त्रणमा आईसकेको वडा अध्यक्ष मगरको दावी छ ।

    नगरपालिकाको यो अभियानलाई स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाले राम्रो साथ दिइरहेको छ । वडा नं. ८ देखि माथिल्ला वडाहरुमा उत्थान दुग्ध उत्पादक सहकारी संस्थाले प्राविधिक टोलीहरुलाई सहयोग गरिरहेको छ । कुनैपनि गाईभैसी भ्याक्सिन लगाउनबाट छुट्नुहुँदैन भनेर सहकारीले आफ्नै एकजना कर्मचारीलाई प्राविधिक टोलीसँगै परिचालन गरेको छ । प्राविधिक टोलीलाई सहकारीकै प्रतिनिधिले किसानहरुको घरघर सम्म लैजाने काम गरिरहेको छ ।

    सहकारीका अध्यक्ष राजेन्द्र ढुंगानाका अनुसार लम्पी स्किन महामारीका कारण आतिएका किसानहरुले ठूलो राहतको महशुसगर्न थालेका छन् । किसानहरुको पीडामा नगरपालिका सहयात्री बनेर उभिएको छ उहाँले भन्नुभयो –अहिले किसानहरु खुशी छन् । नगरपालिकाको यो अभियानमा सहकारी सुरुवातनै देखिनै सँगै छ । कालिका नगरपालिका दुग्धमा आत्मनिर्भर पालिका भएकाले दुग्ध उत्पादन घट्न दिन नहुने तर्फ पालिकाले खेलेको भूमिका प्रशंसागर्न योग्य रहेको सहकारीका अध्यक्ष ढुंगानाले बताउनुभयो ।

    कालिकामा दैनिक १२ हजार लिटर दुग्ध संकलन हुँदै आएको छ । नगरक्षेत्र भित्रका किसानहरुले पालेको पशुहरुको सुरक्षाका लागि नगरपालिका कहिलै पछाडिनपर्ने नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो । किसानको पशु सुरक्षणगर्ने जिम्मा नगरपालिकाको हो –‘ तपाईहरु ढुक्कसँग पशुपालनमा लाग्नुस’ नगर प्रमुख रेग्मीले भन्नुभयो । लम्पी स्किन महामारी विरुद्धको भ्याक्सिन मात्रै नभई पशुहरुमा लाग्ने अन्य रोगहरुको उपचारका लागि पनि नगरपालिकाले किसानलाई सघाउने उहाँले बताउनुभयो ।

    भ्याक्सिन सेवाको प्रभावकारिताबारे अनुगमनगर्न किसानको घर गोठमा पुग्नुभएका नगर प्रमुख रेग्मीले किसानलाई आवश्यकताका आधारमा पालिकाले सहयोगगर्दैै आएको बताउनुभयो । नगर प्रमुख रेग्मी सहित, उप प्रमुख विमला तमाङले किसानहरुको गोठ गोठमा पुगेर भ्याक्सिन लगाए नलगाएको विषयमा अनुगमन गरेका थिए ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.