चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड १७ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै खसेको पहिरो पन्छाएर मंगलबार दिउसो १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।
पहिरो हटाएसंगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो ।
नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस अघि डिभिजन सडक कार्यालयका प्रमुखले पहिरो हटाउन थोरै समय लाग्ने बताएका थिए ।
निरन्तर रुपमा चारवटा मेसिनले पहिरो पन्छाउने काम थालेपछि अवरुद्ध सडक सञ्चालनमा आएको हो ।








