• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

मुग्लिन–पोखरा सडक विस्तार

  •   बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन (पूर्वीखण्ड) सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम सडक खण्डमा ४१ प्रतिशत प्रगति भएको छ । पूर्वी सडकअन्तर्गत ४१ दशमलव ४५ किमी सडक विस्तारमा ३२ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको ३९ किलोमिटर दूरीमा नौ प्रतिशत काम सम्पन्न भएको हो । पूर्वी सडक खण्डमा दुई हजार एक सय किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रबाट सुरु गरी डुम्रे बजारतर्फको खण्डमा कालोपत्र अघि बढाइएको छ ।

    जेठ महिनासम्म राम्रै प्रगति भए पनि असार र साउनमा वर्षा भएकाले महिनाको नौ प्रतिशतका दरले प्रगति भएको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । भदौ महिनादेखि कालोपत्र गर्न थालेपछि प्रगति बढ्ने उहाँले बताउनुभयो । पहिलो चरणमा दुई लेनको कालोपत्र गरी पुनः दुई लेनको कालोपत्र थालिने छ ।इन्जिनियर पाण्डेले भन्नुभयो “जहाँ तयारी हुन्छ ती स्थानमा कालोपत्र गरिहाल्ने योजनाअनुरुप निर्माणकार्य भइरहेको छ ।”

    यसखण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, पर्खाल लगाउने, भित्तो खार्ने , खाल्टो पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । पूर्वी खण्डको सडक निर्माणका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा ठेक्का दिइएको थियो ।

    सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । सडक विस्तार गर्दा सडकको चौडाई दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको र उक्त खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ । पश्चिम खण्डमा ९ प्रतिशत प्रगति त्यसैगरी पश्चिम खण्डमा अहिलेसम्म नौ प्रतिशत प्रगति भएको छ ।

    उक्त खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । पोखरा बाहेक तनहुँ खण्डमा भित्ता कटिङ गरी कल्र्भड राख्ने र पर्खाल लगाउने कार्य भइरहेको त्यहाँका इञ्जिनीयर नारायण पौडेलले जानकारी दिनुभयो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लिएको हो । उक्त सडक खण्डको म्याद २०८१ भदौसम्म छ ।

    विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक(एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । दुलेगौँडाबाट खैरेनीटार बजार कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटर कायम गरिएको आयोजनाले जनाएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.