• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह, ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भीड (तस्बिरहरु सहित )

  •   बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई बुधबार एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवन बेस क्याम्पमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ती सबै अन्यौलता तोडिदियो । फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजिल्याण्डको बारेमा बुझेर आफ्नो जिज्ञासा मेटाएपछि खुशी थिए । उनको खुशीमा थप खुशी थपियो प्याराग्लाइडिङको टिकटले ।

    फेष्टमा वान टु वान काउन्सिलिङ पछि लक्की ड्र मार्फत उनले भरतपुर–२९ चौकीडाँडामा रहेको हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङको एउटा टिकट उपहार पाए । ‘आज म धेरै खुशी छु, आफ्नो शैक्षिक करियरको बारेमा पनि बुझ्न पाए, प्याराग्लाइडिङमा उड्ने अवसर पनि पाए, एक्सपर्ट चितवनलाई धेरै धेरै धन्यवाद’–भण्डारीले भने । भण्डारीसंगै महेश अधिकारीले समेत प्याराग्लाइडिङको टिकट उपहार जिते । भण्डारी जस्तै एक्सपर्ट एजुकेशन फेष्टमा सहभागि सबै विद्यार्थी खुशी थिए ।

    सौराहाकी सचिंता तिमल्सिनाले आफू जान चाहेको देशको शैक्षिक अवस्थाको बारेमा जानकारी लिए । ढुक्क भएर बाहिरिने क्रममा गरिएको लक्की ड्र मार्फत उनले गैंडाकोटको मौलाकाली केबलकारको टिकट उपहार पाए । ‘वान टु वान काउन्सिलिङमा मैले धेरै कुरा जान्न पाए, केबलकारको टिकट पनि पाए, एक्सपर्टलाई धन्यवाद’–तिमल्सिनाले भनिन् । उनी जस्तै विद्यार्थीहरुले काउन्सिलिङका साथै कोहीले सिनेमाको टिकट प्राप्त गरे भने हातखाली नजाने अन्य उपहारहरु पाए । ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ मा बुधबार विद्यार्थीको विहानैदेखि भीड लागेको थियो । विहान १० बजेदेखि सुरु भएको फेष्ट दिउँसो ३ बजेसम्म चलेको थियो ।

    फेष्टमा काउन्सिलिङका लागि विदेशबाटै आएका ३९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु एकछिन पनि खाली भएनन् । अन्तिम समयमै विद्यार्थीहरुको भीड भएपछि व्यवस्थानमा हम्मे हम्मे परेको थियो । ‘यसपटक विद्यार्थीहरुको निकै उत्साह पायौं, धेरै विद्यार्थीहरुले वान टु वान काउन्सिलिङबाट धेरै कुरा बुझ्न पाएको सुनाउँदा हाम्रो कार्यक्रमले सार्थकता पाएको महसुस भयो–एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले भने । उनले धेरै विद्यार्थी तथा अभिभावकलाई आफ्नो कौतुहलता मेटाउन फेष्ट सफल भएकोमा सबैमा धन्यवाद समेत ज्ञापन गरे ।

    फेष्टमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरु सहभागि भएका थिए । फेष्टमा ब्रिटिस काउन्सीलले आइइएलटिएस गर्न चाहने विद्यार्थीहरुलाई तयारीका बारेमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गरेको थियो । त्यसका साथै फेष्टमा बैंकिङ पार्टनरको रुपमा रहेको माछापुच्छ्रे बैंकले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक बैंकिङ परामर्श प्रदान गरेको थियो । फेष्टको समापनमा एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए ।

    कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज क्वीन्सल्याण्डका डिरेक्टर अरुण पौडेल, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ग्रुप जनरल म्यानेजर मंजित घिमिरेको विशेष उपस्थिति रहेको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.