• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

अनुदानदेखि निःशुल्क शिक्षा प्यूठान नगरपालिकाको प्राथमिकतामा

  •   शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपालको संविधानले स्थानीय तहलाई सेवा प्रवाहको मेरुदण्डका रुपमा परिभाषित गरेको छ । संविधानले पालिकालाई ‘स्थानीय सरकार’ का रुपमा व्याख्या गर्दै अधिकार सम्पन्न बनाएको छ । संविधानको अनुसूची ८ ले कृषि, आधारभूत स्वास्थ्य तथा शिक्षा, स्थानीय पूर्वाधार निर्माणलगायत अधिकार स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भनी स्पष्ट पारेको छ ।

    संविधानमा उल्लेख भएअनुसार स्थानीय सरकारले आफूलाई सेवा प्रवाहमा केन्द्रित गरेका छन् । कतिपय पालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायत क्षेत्रमा नमूना प्रस्तुत गरेका छन् । प्यूठान नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई उच्च प्राथमिकतामा दिँदै कृषिजन्य उत्पादनमा आत्मर्निभर हुने लक्ष्य राखेको छ । नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा, किसानलाई प्रोत्साहनस्वरुप उत्पादनमा अनुदान, सुत्केरी तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदानलगायत नमूना कार्य अगाडि सारेको छ ।

    नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने मान्यताका साथ शैक्षिक सुधारमा केन्द्रित भएको बताउनुभयो । “समुदाय र अभिभावकले विश्वास गर्नसक्ने शिक्षा प्रदान गर्न थालिएको छ”, उहाँले भन्नुभयो । यही शैक्षिकसत्रदेखि अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाले कृषिलाई पनि उच्च प्राथमिकता दिएको उहाँको भनाइ छ । किसानलाई उत्पादनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । नगरपालिकाले अहिले कृषकले उत्पादन गरेका वस्तुलाई अनुदान दिन सुरु गरेको छ । पालिकाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु १० अनुदान दिन थालेको छ ।

    पालिकाले तरकारीलगायत कृषिजन्य उत्पादनमा पनि अनुदान दिने तयारी गरेको छ । “कृषिजन्य उत्पादनमा अनुदान दिन नगरपालिकाले कार्यविधि बनाइरहेको छ, कार्यविधि निर्माणपछि किसानसँग सम्झौता गर्ने तयारी छ”, योगीले भन्नुभयो । उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसानमा उत्साह बढेको छ । “दूध र तरकारीमा आत्मनिर्भर बनाउने नीति छ”, उहाँले भन्नुभयो । नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न दक्ष जनशक्ति, आवश्यक पूर्वाधारलगायत संरचनाको व्यवस्था गरिएको छ । पालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

    “ज्येष्ठ नागरिक, आर्थिकरुपले विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ”, प्रमुख योगीले भन्नुभयो, “ज्येष्ठ (६० वर्षमाथि) नागरिकलाई घरमै सामान्य स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ ।” नगरपालिकाले हरेक वडामा सडक कालोपत्र गर्ने योजनाका साथ यसै आवदेखि काम थालेको छ । बेरोजगार युवालाई कृषिसँग जोडेर रोजगारीका साथै उत्पादन वृद्धिको योजना अगाडि बढाइएको नगरप्रमुख योगीले बताउनुभयो ।

    “बेरोजगारलाई कृषिमा जोड्दा उत्पादनसँगै रोजगारी पनि सिर्जना हुन्छ”, उहाँले भन्नुभयो, “युवालाई कृषिमा आकर्षण गर्न ‘युवासँग कृषि’ कार्यक्रम ल्याइएको छ ।” भूमि बैंक स्थापना गर्ने, बेरोजगारलाई कृषिसित जोड्ने, उत्पादनको बजारीकरण गर्नेलगायत काम नगरपालिकाले गरिरहेको छ । कृषिजन्य उत्पादनको बजारीकरणमा देखिएको समस्या समाधान गर्न नगरपालिकाले नै उपभोग्य वस्तुलाई बजारसम्म पु¥याउने योजना बनाएको छ ।

    “ग्रामीण भेगमा उत्पादन भएका उत्पादनलाई बजारको पहुँचमा पु¥याउन कार्यविधि निर्माण भइरहेको छ”, प्रमुख योगीले भन्नुभयो । किसानले उत्पादन गरेका दूध, तरकारीलगायत उपभोग्य वस्तु सङ्कलन गर्न सङ्कलन केन्द्र स्थापना गर्ने, किसानका उत्पादनलाई पालिकाले अनुदानसहित खरिद गरेर बजारमा पठाउनेसमेत तयारी गरिएको छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.