• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक तरिकाबाट महानगरको बजार अनुगमन

  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाइ तीन फरक तरिकाबाट प्रस्तुत गरेको छ । मगलबार महानगरपालिकाले निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक गरि तीन फरक तरिका अपनाएर बजार अनुगमन गरेको छ । बजार अनुगमन निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक गरि तिन तरिकाबाट भइरहेको छ उप प्रमुख चित्रसेन अधिकारीले भन्नुभयो, जस अनुसार व्यवसायीलाई जानकारी र सचेत गराउने, सचेत गराउँदा पनि लापरबाही गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने सम्मका योजना रहेका छन ।

    महानगर उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक समेत रहनु भएका अधिकारीले निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक गरि तीन तरिका अपनाएर बजार अनुगमन भइरहेको उल्लेख्य गर्नु भयो । बजार अनुगमनलाई त्रिकोणात्मक ढगबाट गर्दा सबै पक्षलाई सन्तुलन मिलाएर लैजान सकिने हुँदा निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक सिद्धान्त अपनाइएको उल्लेख्य गर्नुभयो । बजारमा हुन सक्‍ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्‍न भन्दै भरतपुर महानगरले बजार अनुगमनलाइ नियमित नै गरिरहेको छ ।

    उपप्रमुख अधिकारीले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी बजार अनुगमन गरिरहेको बताउनु भयो। अनुगमनका क्रममा माछा मासु पसल, डिपार्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिरहेको उहाँको तर्क छ। उपप्रमुख अधिकारीले भन्नुभयो, ‘बजार अनुगमन सबै संस्थाले छुट्टाछुट्टै गर्दा नतिजा पनि नआउने र व्यवसायीहरुमा पनि झन्झट हुने हुँदा महानगर सग समन्वय गरि एउटा टिम बनाएर अनुगमन गर्ने निर्णय गरे अनुसार निरन्तर बजार अनुगमन भइरहेको प्रष्ट पार्नु भयो। ‘ मगलबार नारायणगढ क्षेत्रमा रहेका प्रसोधित पिउने पानीका विभिन्न उद्योगहरुमा महानगरपालिकाले अनुगमन गरेको छ ।

    भरतपुर ७ कृष्णपुरमा रहेको आइसल्याण्ड ड्रप र हाइल्याण्ड ड्र्पमा महानगरपालिकाले स्थलगत अनुगमन गरि सरसफाइमा ध्यान दिन बिशेष आग्रह गरेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनु भयो । त्यस्तै महानगरले भरतपुर ३ मा रहेको लिप्टन सफ्ट एण्ड रोयल फिसर र भरतपुर १ मा रहेको प्रधान प्रोभिजनल एण्ड वेभरेज उद्योगमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा सबै पानी उद्योगहरुबाट उत्पादन भएका पानी खानका लागि उपयुक्त रहेको पाइयो,खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनका खाद्य निरीक्षक बन्दना पन्तले भन्नुभयो, हामीले ती सबै उद्योगहरुलाइ धन्यवाद समेत दिएका छौ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को नगरपालिकाको अधिकारको बुँदा नम्बर ञ ले स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था गरेको छ । उक्त ब्यबस्थामा वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् । स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु तथा व्यपारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाइ दिइएको छ ।

    महानगरको नियमित अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोकिएका छन भने स्वच्छ तथा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुँदै आएको पनि महानगरको अपेक्षा छ । मगलबारको अनुगमनमा समितिका सदस्यहरु मनोज रानाभाट, बिष्णु बहादुर भुजेल, गोपाल दराइ,खाद्य निरीक्षक,जनप्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता रहेको थियोे । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.