• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

किसानमैत्री बजेट नआएको गुनासो

  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  किसानका मागलाई सम्बोधन गर्नेगरी बजेट बन्न नसकेको भन्दै अगुवा कृषकले गुनासो गरेका छन् । कृषि ज्ञान केन्द्र चितवनले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कृषकले आफूहरुको मागलाई सम्बोधन हुनेगरी बजेट आउन नसकेको गुनासो गरेका हुन् । कृषकको माग प्रत्यक्षरुपमा सम्बोधन हुनुपर्नेमा यस वर्षको बजेटले त्यसअनुसार काम गर्न नसकेको उनीहरुको गुनासो थियो ।

    मौरीपालक किसान दुर्गालाल तामाङले किसानको मागअनुसार बजेट नआएको बताउँदै कृषि पेसा प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा उत्पादित सामग्रीको प्रवर्द्धन कसरी गर्ने भन्ने विषयमा सरकारले ध्यान दिन नसकेको हो ।” बजेट घटेसँगै कृषकको समस्या समाधान हुन नसक्ने खालका कार्यक्रम देखिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ केरा जोनका संयोजक विष्णुहरि पन्तले कृषि क्षेत्रको समस्या सम्बोधन अहिलेका कार्यक्रमबाट हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मल अहिलेको आवश्यकता हो । त्यो सम्बोधन हुने गरी कार्यक्रम आएको देखिदैन ।”

    कृषकले बाली लगाउने समयमा मल नपाउने, कालो बजारी बढ्ने र कम खपत हुने जिल्लामा पुगेर मल ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले कृषकको दैनिकी सम्बोधन हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । प्राङ्गारिक खेती गर्दै आउनुभएका किसान चन्द्रप्रसाद अधिकारीले सरकारले कार्यक्रम बनाउँदा कृषकको समस्या सुनुवाइ गर्न नसकेको गुनासो गर्नुभयो । कृषकलाई बजारीकरण र उत्पादनमा देखिएका समस्याका विषयलाई सम्बोधन गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

    ज्ञान केन्द्रका प्रमुख झलकनाथ कँडेलले चालु आर्थिक वर्षमा रु १३ करोड ९३ लाख बजेट केन्द्रमार्फत कृषि क्षेत्रका लागि निकासा भएको जानकारी दिनुभयो । बजेटलाई विभिन्न शीर्षक खर्च गरिने उहाँले बताउनुभयो । कृषि क्षेत्रमा बढ्दो विषादी नियन्त्रणका लागि माध्यामिक विद्यालयमा विषादीको सचेतनासम्बन्धी कार्यक्रम, आकस्मिक बाली संरक्षण, मकैबाली प्रवर्द्धन, व्यावसायिक तरकारीखेती प्रवर्द्धन, साना सिँचाइ, चैतेधान, बर्खे धान प्रवर्द्धन, तेलहन बाली प्रवर्द्धनलगायतका कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

    कृषि विकासका लागि बीउ पुँजी कोष परिचालन, प्राङ्गारिक मल वितरण, उच्च प्रविधियुक्त संरचनामा तरकारीखेती प्रवर्द्धन कार्यक्रम मुख्य रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाका सातै पालिकाका कृषि शाखाले आफ्नो कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राज्यको नीति निर्माणको तहमा रहेका व्यक्तिले कृषि क्षेत्रका लागि गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

    अहिले सङ्घ र प्रदेशले तोकेको कार्यक्रम जनचाहनाअनुसार हुन नसकेको उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले किसानको मागअनुसारको बजेट आउन नसकेकाले सबै कार्यक्रम सम्बोधन हुन नसकेको बताउनुभयो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.