• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

गाउँमै माध्यमिक शिक्षा, बीचमै पढाइ छाड्ने बाध्यता हट्यो

  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने रहर अधुरै रहन्छ कि भन्ने चिन्ता पनि उत्तिकै थियो । गाउँ छाडेर सहरमा गइ पढ्न सक्ने अवस्था पनि थिएन् । तर यतिबेला भने उहाँको चाहना पूरा हुने भएको छ । महानगरपालिकाले यस वर्षदेखि आफूले गाउँको विद्यालयमा माध्यमिक तहसम्मको पढाइ सुरु गर्ने भएपछि उहाँको पढ्नका लागि सहर जानुपर्ने बाध्यता हटेको छ ।

    माध्यमिक तहको पढाइ नहुँदा यहाँ पढ्ने अधिकांश विद्यार्थी ८ कक्षा पढेपछि विद्यालय छाड्न बाध्य थिए । सुस्मिताकी दिदी सृजना पनि कक्षा ८ पास गरेपछि विद्यालय छाडेर घर बस्न बाध्य हुनुभयो । आफू पढ्दै आएको विद्यालयमा कक्षा ९ मा पढ्न पाउने मध्येकी एक भाग्यमानी किशोरी बनेको उहाँ बताउनुहुन्छ । कक्षा ८ पढेपछि पढाइ नै सकिने गरेकोमा अब माध्यमिक तहको ढोका पनि खुलेको भन्दै उहाँ हर्षित हुनुहुन्छ । डुम्रेमा कक्षा ३ सम्म पढेपछि त्यसपछिका कक्षा पढ्न गाउँका सबै चौकीडाँडा आउने गरेका छन् ।

    चौकीडाँडाबाट नजिकको विद्यालय जुगेडीमा रहेको कविलास राष्ट्रिय मध्यमिक विद्यालय हो । त्यहाँको दुरी करिब १७ किलोमिटर छ । जहाँ घरबाट दैनिक जान र आउन सम्भव छैन । जसका कारण विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाइ छाड्ने गरेका थिए । अहिले भरतपुर महानगरपालिकाले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएपछि ८ पास गरेर पढाइ छाड्नुपर्ने बाध्यता हटेको हो । अहिले विद्यालयमा कक्षा ९ को पढाइ सञ्चालन भइरहेको प्रधानाध्यापक मुक्ति ढुङ्गानाले जानकारी दिनुभयो ।

    कक्षा थप भएपछि ८ पास गरेर विद्यालय छाड्ने क्रम रोकिएको उहाँको भनाइ छ । “यहाँ पढेपछि कविलास र भरतपुरको बजार क्षेत्रमा नै जानुपर्छ । त्यहाँ जान यहाँका गरिब चेपाङ समुदायलाई सहज थिएन् । कक्षा ८ पास गरेपछि एकाधबाहेक सबैले विद्यालयको पढाइ छाड्थे”, उहाँले भन्नुभयो, “अब १० कक्षासम्म भएपनि यहाँ पढ्न पाउने भएका छन् ।” कक्षा थप भएपछि पढाइ छाडेर बसेका विद्यार्थी पनि भर्ना भएको उहाँले बताउनुभयो । “यस वर्ष कक्षा ८ बाट १९ जनाले परीक्षा दिएका थिए भने कक्षा ९ कक्षामा २२ जना भर्ना भएका छन्”, उहाँले भन्नुभयो, “अब बीचमै पढाइ छाड्ने क्रम रोकिन्छ ।”

    चौकीडाँडा नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दूरीमा छ । यहाँका शिक्षकलाई महानगरपालिकाले दुर्गम भत्ता मासिक रु दुई हजार दिने गरेको महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बताउनुभयो । “दुर्गममा पढाउन सकेसम्म जान नपरे हुँदो भन्ने शिक्षक धेरै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “शिक्षकलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरेका छौँ ।” चौकीडाँडाको विद्यालयको भौतिक सुधार र शिक्षकलाई प्रोत्साहन गर्ने योजना महानगरपालिकाको रहेको बताउनुभयो ।

    यहाँ शिक्षकलाई बस्नका लागि आवासको व्यवस्था छैन । विद्यालयका शिक्षकका बस्न आवासको व्यवस्था गरिदिन शिक्षक जीवन अर्याल आग्रह गर्नुभयो । “आमा समूहको भवनमा बसेका छौँ, पानी पर्दा घरभित्र नै आउँछ, भाँडा थापेर बस्नुपर्छ”, उहाँले भन्नुभयो, “खानेपानीका लागि निकै दुःख छ ।” चौकीडाँडामा लिफ्टमार्फत खानेपानी पुगे पनि विद्यालयमा नआएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाले कक्षा थपेपछि भवन निर्माण गर्न लागेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

    “माध्यमिक तहको शिक्षा लिन वञ्चित भएको थाहा पाएपछि कक्षा १० सम्म पढाउने निर्णय गरेका छौँ”, दाहालले भन्नुभयो, “आगामी वर्षसम्म सक्ने गरी चार कोठे भवन बनाउँदै छौँ । शिक्षक दरबन्दी थप गरेका छौँ ।” सो भवन निर्माण गर्न रु ४१ लाखमा ठेक्का दिइएको छ । आगामी दिनमा कक्षा १२ सम्म पढाइ सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । रासस 

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.