• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

कालिकामा सञ्चालित समावेशी शिक्षा परियोजना प्रभावकारी बन्दै

  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिकामा सञ्चालित समावेशी शिक्षा परियोजना प्रभावकारी देखिएको छ । समावेशी शिक्षा परियोजनाबारे सोमवार कालिकामा भएको संयुक्त अनुगमन तथा समिक्षा बैठकमा सरोकारवालाहरुले यस्तो बताएका हुन । समिक्षागर्नु अघि कालिका नगरक्षेत्रमा सञ्चालित समावेशी शिक्षा परियोजना बारे स्थलगत अनुगमन समेत गरिएको थियो ।

    दुई समुहमा विभाजन भएको टिमले घरमा आधारित शिक्षा लिइरहेका बालबालिकाहरुको अवस्था र उनीहरुमा भएको परिवर्तन बारे जानकारी लिएका थिए । यस्तै परियोजना संचालित कालिका वडा नं. १० स्थित मझ्वाङ माध्यमिक विद्यालय र वडा नं. ३ स्थ्ति जनहित आधारभूत विद्यालयमा पुगेर परियोजनाको प्रभावकारीता बारे बुझेका थिए । अनुगमनमा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले घरमा आधारित शिक्षा लिइरहेका बालिबालिकाहरुसँग घरमै पुगेर समावेशी शिक्षाले उनीहरुमा आएको परिवर्तनबारे जानकारी लिएका थिए ।

    अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघ नेपालले तीनवर्षे कार्यक्रम अन्तर्गत समावेशी शिक्षा परियोजना कालिका नगरपालिकामा सञ्चालन गर्दै आएको छ । कालिकामा यो परियोजना सुरु भएको एक वर्ष भयो । अटिजम केयर चितवन सोसाइटीका अपाङ्गता समावेशी अफिसर सुशील मगरका अनुसार कालिका नगरपालिका भित्रका ३५ वटा विद्यालयमा यो परियोजना सञ्चालित छन् । घरमा आधारित शिक्षा लिने २५ जना बालबालिकाहरु छन् । उनीहरुका लागि ४ जना घुम्ती शिक्षकहरु छन् ।

    विद्यालय जान नसक्ने बालबालिकाहरुका लागि घुम्ती शिक्षकको व्यवस्था गरिएको हो । कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका ८८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई परिचय पत्र वितरण गरेको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख नानीमैया पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो गत आर्थिक वर्षमा मात्रै २३ जना अपाङ्गता भएका बालबालिकाहरुलाई परिचय पत्र प्रदान गरिएको छ । यस्तै १३ जनालाई साहयता सामग्री नगरपालिकाले वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

    विद्यालय देखि घरमा आधारित शिक्षा लागूभएपछि अपाङ्गता भएका बालबालिकाहरुमा सकारात्मक सोचको विकास बढ्दै गएको पाइएको छ । नगरपालिकाको सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठले भने अनुगमनको क्रममा अभिभावकले यो परियोजनाको अवधि सकिएपछि यस्को जिम्मा कस्ले लिने ? भन्ने अभिभावकहरुमा चिन्ता छ । नगर प्रमुख विनोद रेग्मीले नगरक्षेत्रमा समावेशी शिक्षा परियोजना प्रभावकारी देखिएकाले यसलाई कालिकामा निरन्तरताका लागि अहिलेदेखिनै प्रयासगर्न सम्बन्धित सामाजिक संघ संस्थालाई आग्रह गर्नुभयो ।

    समय सकिनपूर्वनै कालिकामा यो परियोजनाको समय अवधि थपगर्नका लागि अहिलेदेखिनै जोड दिन नगर प्रमुख रेग्मीले आग्रह गर्नुभएको हो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारी, परियोजना को साझेदारी संस्था ह्यान्डिक्याप इन्टरनेशनल का अपरेशनल म्यानेजर मदनराज जोशी, राष्ट्रि बहिरा संघ नेपालका प्रतिनिधि लगायतको उपस्थिती थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.