• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. विदेशी फूलको आयात रोक्न किसानको माग

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

पर्यटकीय गन्तव्य बन्दै मायाटार

  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामाना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लोे समय फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै इच्छाकामना गाउँपालिकाको माथिल्लो विकट भेगमा पनि पर्यटक बढ्न थालेको छ । वडा नं २ मायाटार गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीय बताउँछन् ।

    शक्तिखोरबाट उपरदाङगढी हुँदै फिस्लिङ जोड्ने सडकको मध्यभागमा पर्ने मायाटार गाउँमा गुरुङ र चेपाङ जातिको बाक्लो बसोबास छ । यो गाउँ चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपरदाङगढीबाट आठ किलोमिटरको दूरीमा पर्दछ । गर्मी मौसममा आन्तरिक पर्यटक बढी पुग्ने गरेका घरबास (होमस्टे) सञ्चालकसमेत रहनुभएका स्थानीय टीका गुरुङले बताउनुभयो । “जिल्लाको तराई भेग र इच्छकामनाको तल्लो भेगमा गर्मी हुँदा मायाटारमा भने सिरक ओढेर सुत्नुपर्ने अवस्था हुन्छ”, उहाँले भन्नुभयो, “गर्मी छल्न अन्य मौसममा भन्दा बढी आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् ।” यहाँ दैनिक आन्तरिक पर्यटक आएर बास बस्ने गरेको उहाँको भनाइ थियो ।

    गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आवागमन बढेसँगै यहाँका गाउँलाई होमस्टेका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो । विशेष गरेर मायाटारसहित नजिक रहेका गुरुङ बस्ती, घुर्केस र डाँडागाउँमा होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “यहाँ आउने पर्यटकलाई गुरुङ र चेपाङ समुदायको सांस्कृतिक झाँकीबाट मनोरञ्जन प्रदान गर्नका लागि होमस्टे सञ्चालन गर्ने योजना बनाएका छौँ । मायाटार नजिकै घुर्केस, डाँडागाउँलगायत रमणीय गुरुङ बस्ती छन्”, अध्यक्ष गुरुङले भन्नुभयो, “गुरुङ र चेपाङ समुदायको कला संस्कृतिबाट यहाँ आउने पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न सकिन्छ ।”

    होमस्टे सञ्चालनका लागि स्थानीयलाई तालिमका साथै आर्थिक सहयोग गर्ने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो । होमस्टे सञ्चालनमार्फत स्थानीयको आयस्तरमा वृद्धि हुने उहाँको भनाइ थियो । बालगौरी पाथीभरा सिंहदेवीमाईको मन्दिर मायाटारमा रहेको बालगौरी पाथीभरा सिंहदेवीमाईको मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या पनि बढ्दै गएको छ । इच्छाकामना गाउँपालिकाको वडा नं २ मा पर्ने यो मन्दिरमा सन्तान नहुनेले सन्तान प्राप्तिका लागि भाकल गरेर पूजा गर्ने चलन रहेको स्थानीय टीका गुरुङले बताउनुभयो ।

    उहाँका अनुसार यस मन्दिरमा स्थानीय मात्र नभई छिमेकी जिल्ला गोरखा, धादिङ, तनहुँसहित काठमाडौँ र भक्तपुरबाट समेत पूजा गर्न आउने गरेका छन् । यहाँ गाउँपालिकाले बाटो निर्माणसँगै अन्य भौतिक संरचना बनाउन आर्थिक सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार करिब दुई सय मिटरको दूरीमा फलामको रेलिङसहितको सिँढी बाटो निर्माण भएको छ ।

    मन्दिर आसपासको क्षेत्रलाई गेटसहित तारजाली लगाएर थप व्यवस्थित र संरक्षण गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । हाल उक्त मन्दिरमा तीन जना पुजारीबाट नियमित पूजाआजा हुँदै आएको छ । मनकामना केबलकार जलविरे झरना, इच्छाकामना मन्दिर, उपरदाङगढीजस्तै इच्छाकामना गाउँपालिकाका लागि यो मन्दिर पनि एउटा धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने अध्यक्ष गुरुङको भनाइ थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.