• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

सांसदसँग रासस : संसद् बैठक छाडेर हिँड्ने विषय सुहाउँदो भएन : सांसद चौधरी

  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आउनुभएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुुन्छ । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने यात्रामा एक ढिक्का भई अघि बढ्नुपर्नेमा दलहरूबीचमा कयौँ विषयमा प्रतिस्पर्धा र स्वार्थ बाझिएको घटनाप्रति उहाँलाई चित्त बुझेको छैन ।

    संसद्लाई कहिले पनि अनिणर्यको बन्दी बनाइनुहुन्न भनी नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङका अभिव्यक्ति, उहाँले खेलेको भूमिका, अनुभव र अनुभूति स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “हामीले संसद्मै पनि ठीक भूमिका निर्वाह नगरेका कारण विभिन्न प्रश्न आएका हुन् ।” जनताका प्रतिनिधिमात्र नभई कानुन बनाउने व्यक्ति भएकाले सांसदले सदनमा बोलेका विषय इतिहासका रूपमा रेकर्डमा रहने हुँदा प्रस्तुति र व्यवहारले सकारात्मक सन्देश दिन सक्नुपर्छ भन्दै सांसद चौधरीले भन्नुभयो, “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिकै ठूलो हात छ, त्यो गर्नुपर्छ ।”

    नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका सांसद चौधरीसँग केही वर्ष विज्ञान शिक्षकका रूपमा काम गरेको अनुभवसमेत छ । उहाँले नयाँ निर्वाचन भई सदन सञ्चालन भएको सात महिना बितिसक्दासमेत अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी ऐनबाहेक अरु विधेयक अघि नबढ्नुलाई विधायकबाट मूल जिम्मेवारीप्रति बेवस्ता भयो कि भन्ने प्रश्न उठ्नु स्वभाविक भएको प्रतिक्रिया दिनुभयो । सर्लाही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य चौधरी हाल लोसपाका संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ ।

    लामो समयदेखि प्राथमिकतामा रहेका सङ्घीय निजामती र शिक्षासम्बन्धीलगायतका विधेयकलाई सदनमा छलफलका लागि अघि बढाउने सन्दर्भमा पाइप लाइनमा रहेको उहाँको भनाइ छ । सरकारले ‘बिजनेस’ दियो भने मात्र संसद् र सांसदको भूमिका देखिने तथा सदनका कामकारबाही अघि बढ्ने भए पनि जनजीविका र समसामयिक विषयमा भने सदनमा आवाज उठाउँदै आएको सांसद चौधरी बताउनुहुन्छ । सङ्घीय सांसद मूल दायित्वबाट अल्मलिँदा कानुन निर्माण प्रभावित हुने मात्र नभई गणपूरक सङ्ख्या नपुगेर सदन र संसदीय समितिका बैठकसमेत प्रभावित हुने गरेका छन् ।

    आवश्यक न्यूनतम गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भई विधेयक पास हुन नसक्नु भनेको जनप्रतिनिधिका लागि लाजमर्दाे विषय भएको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले जनताको करबाट तलब÷भत्ता खाने अनि बैठकमै नबस्ने कार्य सुहाउँदो नभएको टिप्पणी गर्नुभयो । ‘रासससँग सांसद’ मा सांसद चौधरीले सदन होस् वा विषयगत समितिका बैठक चलिरहेका बेला अरु काममा अल्मलिनु भनेको पदको गरिमाको महत्व नबुझ्नुमात्र नभई संसदीय व्यववस्थाकै उपहास र जनमतको अनादर भएको धारणा राख्नुभयो ।

    संसद् र संसदीय समितिका बैठकमा पूरापुर बस्ने सांसदको कोटीमा उहाँ चिनिनुहुन्छ । विधायक भनेको आफँै जान्ने÷बुझने जनताको प्रतिनिधि भएकाले आफ्नो जिम्मेवारी र भूमिका थाहा पाउनुपर्नेमा जोड दिँदै सांसद चौधरीले सदन र संसदीय समितिका बैठकमा उपस्थिति भएपछि हिँडिहाल्ने प्रवृत्ति सुधार्न सुझाव दिनुभयो । “संसद्को महत्व धेरै छ, हाम्रो मुख्य कार्य भनेको सदन र संसदीय समितिलाई समय दिने नै हो । संसद् बैठक बङ्क गर्ने अनि विधेयक निर्णयार्थ हुँदा बाहिर बस्ने लाजमर्दाे कुरा हो”, प्रमुख सचेतक चौधरी भन्नुहुन्छ– “विधेयकसम्बन्धी निर्णयमा सहभागी हुनुपर्यो । बैठकमा गणपूरक सङ्ख्या नभएर अन्त्य हुँदा राज्यको ढुकुटी खर्च हुन्छ, जनशक्तिको दुरुपयोग हुन जान्छ ।

    यो परिस्थिति आउनु भनेको विडम्बना हो ।” संसदीय क्षेत्र विकास कोषमार्फत विकास निर्माणका लागि बजेट व्यवस्थापन हुनु स्वभाविक रहेको उल्लेख गर्दै उहाँले सबै निर्वाचन क्षेत्रमा समान ढङ्गले बजेट विनियोजन हुने त्यो मात्र एक कार्यक्रम रहेको प्रतिक्रिया दिनुभयो । “कोषको रकम सांसद आफैँले खर्च गर्न पाउने नभई जनताका माग र आवश्यकताका आधारमा सिँचाइ, सडक, शिक्षा, पर्यटन, खेलकुदको विकासका लागि लगानी गर्न पाँच योजना छान्नेमात्र हो”, सचेतक चौधरी बताउनुहुन्छ ।

    युवा उमेरदेखि नै समाज कल्याण कार्यमा संलग्न सांसद चौधरी राजनीतिका माध्यमद्वारा समाजलाई समृद्धिमा पुर्याउन सकिन्छ भन्नेमा दृढ हुनुहुन्छ । मुलकमा राजनीतिक अस्थिरताका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अहिले भइरहेको अभ्यासप्रति जनतामा खुसीयाली छाउन नसकेको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले जनता, देश र समाजले अपेक्षा गरेअनुरुप उपलब्धि हासिल नभएको टिप्पणी गर्नुभयो । सरकार र राजनीतिक दलले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर मातृभूमिलाई सेवा गर्छु भन्ने भावना राखी अघि बढेमा छोटो समयमै समृद्धि हासिल गर्न सकिने उहाँको दृढविश्वास छ ।

    उहाँले पछिल्लो समय विमानस्थलबाट बाहिरिएको सुन, भुटानी र ललिता निवास प्रकरणको सत्यतथ्य छानविन गरी उजागर गर्दै त्यसमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सके भ्रष्टाचार र दण्डहिनता रोक्न सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । आर्थिक वृद्धि, भ्रष्टाचार न्यूनीकरण, सुशासनका मुद्दालाई अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले देशलाई विकासको पथमा अघि बढाउन र जनताको आकाङ्क्षालाई सम्बोधन गर्र्ने काममा एकाकार हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

    राजनीतिक दल र समाजका सबै तह तथा तप्काको स्वार्थ देश विकास र समृद्धिमा मात्र केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.