• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

सांसदसँग–राससः आवेश र आक्रोशमा होइन, शान्तिपूर्ण र मर्यादित प्रस्तुतिले इज्जत बढाउँछ : सांसद यादव

  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । स्सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद दिनेशकुमार यादव सदन निममितरूपमा सञ्चालन भएको खण्डमा उपस्थितिमा देखिँदै आएको गणपूरक सङ्ख्याको विषय स्वतः अन्त्य हुने धारणा राख्नुहुन्छ । संविधानसभाबाट संविधान जारी भएपछि दुईपटक आमनिर्वाचन भई मुलुक अघि बढिरहेता पनि संसदीय अभ्यास भने कमजोर नै रहेको उहाँको बुझाइ छ । सांसद यादव भन्नुहुन्छ, “संसद् र संसदीय समितिका बैठकमा समयमै उपस्थित भई देश र जनता सरोकारका विषयवस्तु र विधेयकमाथि हुने छलफलमा प्रशस्त समय दिएर सांसदले काम गर्नुपर्छ, तर सबै त्यसैमा केन्द्रित भई कामजस्तो लाग्दैन ।”

    नेपाल विद्यार्थी सङ्घको सदस्यता प्राप्त गरी विसं २०३६ बाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका यादव विसं २०३७ देखि २०५२ सङ्गठनको जिल्ला सभापति, नेपाली कांग्रेसको केन्द्रीय सदस्य, पार्टीको जिल्ला सभापति हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । सांसदसँग रासस संवादमा उहाँले सांसदले आफ्नो कर्तव्य र जिम्मेवारप्रति सधैँ सजग र सचेत भई सदनमा हुने छलफलमा सहभागी हुनुपर्नेमा जोड दिनुहुन्छ । विधेयकमाथि हुने छलफलका लागि जनप्रतिनिधिले गहन अध्ययन र विश्लेषणसहित प्रस्तुत हुनुपर्छ भन्दै सांसद यादवले संसद् र विषयगत समितिका बैठकलाई नियमित गरिएमा सांसद अन्यत्र नअल्मलिने अवस्थै नआउने धारणा राख्नुभयो ।

    सङ्घीय संसदीय लोकतान्त्रिक गणतन्त्र रहेका मुलुकहरूको अन्तर्राष्ट्रिय अभ्यास हेरेर संसद्लाई कसरी मर्यादित तुल्याएर लैजान सकिन्छ भन्नेमा ध्यान दिन आवश्यक रहेको बताउँदै उहाँ आवेग र आक्रोशमा बोल्ने नभई शान्ति र मर्यादाभित्र रही प्रस्तुत भएमा सदन र सांसदको मर्यादा बढेर जाने तर्क गर्नुहुन्छ । दलीय व्यवस्थामा कुन दलका प्रतिनिधिबाट के भनियो र त्यसको कसरी प्रतिवाद गर्ने भन्ने भावनाले प्रेरित भएर आवेग र आक्रोशमा आई बेलाबखत सदनमा बोलेका र दिएका अभिव्यक्ति हटाउनुपर्ने अवस्था सिर्जना गरेको नेता यादवले धारणा राख्नुभयो ।

    उहाँले मुलुकले तीन तहका सरकारसहित सङ्घीय शासन व्यवस्थाको उच्चतम अभ्यास गरिरहेको भएता पनि सरकारबीच सहयोग र समन्वयको भावना कमजोर देखिएको विचार प्रकट गर्नुभयो । उहाँ भन्नुहुन्छ, “सरकारबीच सहयोग र समन्वयको ठूलो अभाव छ । सुरुआती दिनमा सिंहदरबारलाई गाउँमा कसरी पुर्याउने भन्ने चुनौती थियो, तर पुग्यो । अहिले तीन तहका सरकारबीच राम्रो सम्बन्ध छैन । यदि सङ्घीयतालाई व्यवस्थित तुल्याएर जान नसक्ने हो भने यस्तो प्रवृत्तिले विकृतिमात्रै दिन्छ ।”

    देशका प्रमुख शक्तिले जनताको कल्याणका लागि भनी राजनीतिक परिवर्तनको आन्दोलनको आह्वान गरेकामा जनताले त्यसलाई पूर्ण साथ र सहयोग प्रदान गरेको घटना स्मरण गराउँदै उहाँले कृषकलाई सिँचाइ, समयमै मलखाद तथा पढाइ सकेर बसेका छोराछोरीका लागि रोजगारको सुनिश्चित आवश्यक रहेको बताउनुभयो । विगतमा जस्तो गरिब श्रम र घुमघामका जाने परिस्थितिमा परिवर्तन आएको बताउँदै सांसद यादवले रोजगारी, खेतीपातीलगायत अरु कयौं प्राविधिक कारणले समेत विदेश पलायन हुन बाध्य पारेको उल्लेख गर्नुभयो ।

    नेता यादवले भन्नुभयो, “राजनीतिक अस्थिरता, देशमा भविष्य र सम्भावना नदेखेका कारण हुनसक्छ अहिले सबै स्तरका मानिस विदेश गएको देखिन्छ, सरकारले नीतिगतरूपमा आफ्नै देशमा रोजगार सिर्जना गर्न सकेन भने केही वर्ष त रेमिट्यान्स बढ्ला तर त्यो देशका लागि हितकर नहुन सक्छ ।” अन्नको भण्डार भनिएको तराई मधेसमा सिँचाइ र रासायनिक मल उद्योग स्थापना गरी अरु सुविधासमेत पुर्याएर कृषकलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै उहाँले पर्यटन, विद्युत् विकास देशको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ भन्नुभयो ।

    संविधानसभाबाट संविधान जारी भएपछि दुईपटक आमनिर्वाचन भई संसद् गठन भएर सञ्चालन भइरहेको छ । उहाँले भन्नुभयो, “कहिले कुनै घटना, कहिले कुनै विधेयक त कहिले अरु कुनै विषयवस्तुका कारण सत्तापक्ष र प्रतिपक्षबीचको अविश्वासले पटक–पटक सदन अवरुद्ध हुँदा जनतामा निराशा पैदा भएको छ, दलहरूबाट अब त्यस्तो हुन दिन्नाँै भन्ने प्रतिबद्धता आवश्यक छ ।”

    लामो समयसम्म सदन अवरुद्ध हुने, सदन कहिले चल्छ भन्ने सुनिश्चित नहुने तथा सदन छाडेर बाहिर जान पनि नमिल्ने अवस्थाले आफूहरू चुनाव जितेको यतिका अवधि बितिसक्दासमेत जनताको घरदैलोमा पुग्न नपाएको गुनासो गर्नुभयो । सांसद यादवले भन्नुभयो, “चुनावमा जसले भोट दियो, सहयोग गर्यो त्यसका घरमा पनि छिर्न पाएको छैन । विधेयकमाथि काम गर्न पनि अवसर मिलेको छैन । सबै जनप्रतिनिधिले संसद्को मर्यादालाई बढाएरै लैजानुपर्छ भन्ने मेरो धारणा छ ।”

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.