चितवन । थारु कल्याणकारीणी सभा चितवनको आयोजनामा यही असोज ५ र ६ गते २ दिने अधिबेशन भरतपुर ९ स्थित रोज गार्डेन पार्टी प्यालेसमा हुने भएको छ । समितिका अनुसार, ५ गते कार्यक्रमको उद्घाटन हुने र ६ गते नयाँ समितिका लागि निर्वाचन प्रक्रिया हुने थारु कल्याणकारीणी सभा चितवनका सभापति ललितकुमार चौधरीले पत्रकार सम्मेलनद्वारा जानकारी दिनुभयो ।
उहाँका अनुसार, थारुहरुको छात्राबास निर्माणदेखि भौतिक पूर्वाधार निर्माणमा योगदान दिनुभएका पूर्व मन्त्री एवं चितवन क्षेत्र नं. ३ का सांसद बिक्रम पाण्डेलाई समेत सम्मान गर्ने कार्यक्रम छ । यस्तै पूर्व सांसद रुकमणी थारु चौधरी, पूर्व बागमती प्रदेश मन्त्री बिजय सुवेदी र पूर्व बागमती प्रदेश सांसद रामलाल महतो रहेका छन् ।
त्यस्तै सो संस्थाले अन्य सामाजिक ब्यक्तित्वहरुलाईपनि सम्मान गर्ने जनाएको छ । चितवनमा १० वटा क्षेत्र बनाई थारु कल्याणकारीणी सभाले आफ्नो उदेश्य अनुसार काम गर्दै आएको छ । अहिले भरतपुरमा थारु समुदायको आफ्नै छात्रबास संचालन गर्दै आएको छ ।
यस्तै राप्ती नगरपालिका क्षेत्र नं. ६ बाहेक सबै क्षेत्रहरुमा थारु कल्याणकारीणी सभाको क्षत्रीय संरचना भबनहरु तयार रहेका छन् । भने कतिपय संचालनमा आइसकेको छ । भने केहीमा निर्माणको अन्तिम चरणमा रहेका छन् ।








