• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

सांसदको दायित्व गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन लगाउने हो– नेत्री अग्रहरी

  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले कतिपय सांसद कानुन निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएको घटनाले आफूलाई अचम्मित तुल्याएको प्रतिक्रिया दिनुभयो ।

    सांसद अग्रहरीले भन्नुभयो, “जनताका प्रतिनिधिका रुपमा सङ्घीय सांसद भएर आएका छौँ, हाम्रो एउटा मात्र दायित्व देशमा गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन सक्दो प्रयासको भूमिका हुनुपर्छ ।” उहाँसग विभिन्न सङ्घ संस्थामा आबद्ध रही सेवा गरेको तथा २०४७ देखि राजनीतिमा आबद्ध भई राष्ट्रिय महिला मञ्चको अध्यक्ष भएर काम गरेको अनुभव छ । विसं २०७४ निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र २ बाट उहाँ निर्वाचित हुनुभयो । गजेन्द्र नारायणको नेतृत्व रहेको नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य, केन्द्रीय सदस्य, सह–महामन्त्री र उपाध्यक्षसम्म भएर काम गरेको अनुभव उहाँसँग छ ।

    विकास निर्माणको प्रमुख जिम्मेवारी रहेको स्थानीय तह र प्रदेशको अधिकारलाई बेवास्ता गर्दै विकास निर्माणमा धाउने प्रवृत्तिले हाँसोको अनुभूति भएको सुनाउँदै उहाँले क्षेत्राधिकारभित्र नपरेको विषयमा भ्याइनभ्याइ लाग्ने काम सुहाउँदो विषय नभएको बताउनुभयो । सदनमा पुगेपछि जनता र राष्ट्रको उन्नतिका हिसाबले कायपलट गर्छाैं भन्ने सोच लिएको भए तापनि मुलुकको सर्वाेच्च निकाय संसद्मा हुने प्रस्तुति, दोषारोपण गर्ने, होच्याउने र मानमर्दन गर्ने प्रवृत्ति मौलाएकामा आफूलाई चित्त नबुझेको धारणा राख्नुभयो ।

    निर्वाचन भएको १० महिना बितिसक्दासमेत एउटाबाहेक विधेयक अघि बढ्न सकेको बताउँदै नेत्री अग्रहरीले सदनलाई विजनेश दिने र विधेयक ल्याउने मुख्य जिम्मेवारी सरकारकै रहेको हुँदा कानुन बनाउने मामिलामा सरकारले आवश्यक चासो नदिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र र जनताको चासो एकातिर छ, सरकारको नीति तथा कार्यक्रम अर्काेतर्फ छ, विधेयक पनि दल विशेषको स्वार्थबाट आउँछ, त्यसले सहमति जुटाउने अप्ठेरो हुन्छ ।” सांसदको बोली, व्यवहार र प्रस्तुतिप्रति जनतामा धेरै गुनासो रहेको बताउँदै उहाँले मुलुकको सर्वाेच्च निकायमा बस्ने सांसदले कम्तीमा संस्थाको गरिमालाई बुझेर मात्र आफ्नो अभिव्यक्ति सुझाव दिनुभयो ।

    नेत्री अग्रहरीले भन्नुभयो, “सदनको गरिमा नबुझिकन जुन किसिमले जथाभावी बोल्नुहुन्छ, बोलेको विषय फिर्ता लिने र रेकर्डबाट हटाउनुपर्ने अवस्था जनप्रतिनिधिका लागि सुहाउँदो होइन, यो देशका लागि दुर्भाग्य हो, यस्तो प्रवृत्ति देखेर जनता चिन्तित र निराश छन् ।” संसद्मा प्रतिपक्षले बोलेको कुरा सरकार र सत्तापक्षले हलुका ढङ्गबाट लिने गरेको बताउँदै उहाँले बोल्नका लागि बोल्ने धेरै तथा जिम्मेवारपूर्वक काम गर्ने तथा जनता र राष्ट्रको पक्षमा चिन्तन मनन गर्ने थोरै भएकाले सुशासनको पाटो कमजोर र भ्रष्टाचार मौलाएको अवस्था छ भन्नुभयो ।

    भुटानी शरणार्थी, विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिएको प्रकरण तथा ललिता निवास जग्गासँग संलग्न नेतृत्वलाई संरक्षण गरिएको आरोप लगाउँदै सांसद अग्रहरीले जनताले निर्वाचनमार्फत खोजेको सुशासन, विकास र समृद्धिका मुद्दा भने राज्यकै कारण ओझेलमा परेको प्रतिक्रिया दिनुभयो । सांसद विकास कोषका सन्दर्भमा अदालतबाट भएको फैसलाको पूर्ण समर्थन रहेको जनाउँदै उहाँले सघीय सांसदको मुख्य जिम्मेवारी भनेको मात्र राष्ट्रको कानुन बनाउनमै केन्द्रित रहनुपर्छ भन्नुभयो ।

    सांसद अग्रहरीले भन्नुभयो, “कानुन निर्माणको काम छोडेर अन्यत्र धाउने, जिल्लामा पनि मतदातालाई अलमल्याउने ढङ्गबाट चलखेल गर्ने कार्य गलत छ । सांसदको जिम्मेवारीभित्रको विषय नभएकाले उनीहरुलाई त्यो कोषमार्फत योजना छनोट गर्न दिनुहुन्न ।” उहाँले लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने दल र व्यक्ति भएको नाताले संविधान, नीति, प्रणाली र व्यवस्था ठीक भए पनि यसलाई नेतृत्व दिने र कार्यान्वयन गर्ने पक्षको नियत भने ठीक नदेखिएको विचार प्रकट गर्नुभयो ।

    सांसद अग्रहरीले भन्नुभयो, “हाम्रो देशमा नीति, नियम र ऐन ठीक छ, कार्यान्वयन पक्षको नियत भने आजसम्म ठीक देखिरहेको छैन । व्यवस्थामाथि औँला उठाउन सकिन्न व्यक्तिको कार्यशैलीप्रति आँैला ठड्याउन सकिन्छ ।” उहाँले जनतालाई निराश नहुन आग्रह गर्दै भन्नुभयो, “धैर्यता कायम राख्नुस्, सोचेअनुरुप नभए पनि नेपालको भविष्य उज्वल छ, हामी तपाईहरुलाई हाम्रो सदासर्वदा साथ र सहयोग रहन्छ ।”

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.