• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

उपप्रधानमन्त्री खड्काद्वारा ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ उद्घाटन

  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कर्णाली ।  उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ उद्घाटन गर्नुभएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लागुऔषधविरुद्ध लालटिन अभियान’को उपप्रधामन्त्री खड्काले लालटिन बालेर उद्घाटन गर्नुभयो । उपप्रधानमन्त्री खड्काले समाजमा विकराल रोगको रूपमा फैलिँदै गएको लागुऔषध दुव्र्यसनी रोक्न थालिएको अभियानमा सबै सरोकारवालालाई एकजुट हुन अनुरोध गर्नुभयो ।

    गत वैशाख १ गतेदेखि सुरु गरिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’ र यसअन्तर्गत शुभारम्भ गरिएका कार्यक्रमका समग्र अभियान देशकै लागि रोलमोडल बनेका छन्”, उहाँले भन्नुभयो, “यसको नियन्त्रण तथा रोकथामका लागि हामी सबैको साझा सङ्कल्प आवश्यक छ । कर्णाली प्रदेशको यो अभियानले मुलुककै नेतृत्व गरिरहेको छ ।” अपराधीले गर्ने व्यवसायलाई पूर्णरूपमा निरुत्साहित गर्न ‘लागुऔषधविरुद्ध लालटिन अभियान’को सघन कार्यान्वयन आवश्यक रहेको भन्दै रक्षामन्त्री खड्काले यसमा सबै सरोकारवालाहरूको साथ सहयोग आवश्यक रहेको जनाउनुभयो ।

    ‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत बिहीबार ‘पीडित सहायता कार्यक्रम’समेत शुभारम्भ गरिएको जनाउँदै उहाँले लागुऔषध नियन्त्रणमा तीनै तहका सरकारहरूको सहकार्य आवश्यक भएको बताउनुभयो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख नीलकण्ठ खनालले प्रदेश प्रहरीले थालेको अभियान यहाँका नागरिकहरूको सामाजिक सुरक्षा तथा समुचित भविष्य निर्माणका लागि भएको विचार व्यक्त गर्नुभयो । उहाँले लागुऔषधको सबैभन्दा ठूलो समस्या प्रदेश राजधानी वीरेन्द्रनगरमा भएकाले प्रहरीले थालेको अभियानमा नगरपालिका साथ दिने बताउनुभयो ।

    कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीको शान्ति सुरक्षालाई ध्यानमा राखेर थालिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत १४ कार्यक्षेत्र छुट्याएर १८ कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । लागुऔषध अपराधमात्र नभई यो समाजको विकराल समस्या भएको भन्दै उहाँले नागरिकमैत्री प्रहरी व्यवहारलाई अनुभूति हुने गरी काम गर्न अभियान थालिएको बताउनुभयो ।

    कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, सुर्खेत जिल्लास्थित सबै पालिकाका प्रमुख÷अध्यक्ष, प्रदेश सरकारका निमित्त प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा, अधिकारवादी, युवा, विद्यार्थीलगायतको सहभागिता थियो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.