• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

राष्ट्रसङ्घीय शान्ति ‘मिसन’को नेतृत्व नेपालले पाउनुपर्छ : राष्ट्रपति

  •   आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज बिहान नेपाल आउनुभएका महासचिव गुटेरेससँगको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको उपाय, जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने र राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा नेपालको योगदान र जिम्मेवारीलगायत समसामयिक विषयमा राष्ट्रसङ्घीय उच्च प्रतिनिधिमण्डलको ध्यानाकर्षण गर्नुभयो ।

    उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोग्नुपरेका यसका नकारात्मक परिणामबारे गम्भीर हुन अनुरोध गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर घटाउन जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई आफ्ना दायित्व पूरा गर्नेतर्फ आवश्यक पहलकदमी लिन राष्ट्रसङ्घ प्रतिनिधि मण्डलसमक्ष आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका कारण हामी होइनांँै, अरूले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौँ, यस्तो अवस्थामा राष्ट्रसङ्घले वातावरण बिगार्नेहरुलाई उनीहरुको दायित्व पूरा गर्न झक्झक्याउनुपर्छ, जलवायु परिवर्तनका दुष्प्रभाव हामीले ब्यहो¥यौँ, अब सारा विश्व र मानवजातिले नै ब्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले त्यसविरुद्ध संयुक्त प्रयास गरौँ । त्यसको नेतृत्व राष्ट्रसङ्घले लिनुपर्छ”, राष्ट्रपति पौडेललाई उद्धरण गर्दै सल्लाहकार पोखरेलले राससलाई बताउनुभयो ।

    भेटका क्रममा सगरमाथा क्षेत्र, अन्नपूर्ण आधारशिविरजस्ता स्थलको भ्रमण स्वयम् महासचिवले गर्नुहुने भएकाले सेता हिमाल कसरी काला हुँदैछन्, अतिवृष्टि र अनावृष्टिका कारण परेको प्रभाव आफैँ महसुस गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले बृहत् शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेतर्फ सरकार अघि बढेको बताउनुभयो । राष्ट्रपतिले पीडितलाई न्याय, दण्डहीनतालाई निरुत्साहित गर्नेगरी भएको अदालतको आदेश र संयुक्त राष्ट्रसङ्घको चासोलाई दृष्टिगत गरी मेलमिलापको सिद्धान्तका आधारमा बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको श्री पोखरेलले जानकारी दिनुभयो ।

    अहिलेको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रसङ्घको भूमिका अझ बढेको उल्लेख गर्दै राष्ट्रपतिले राष्ट्रसङ्घीय शान्ति ‘मिसन’को नेपाल दोस्रो ठूलो योगदानकर्ता भएको स्मरण गराउँदै शान्ति सेनामा मार्फत नेपालले गरेको योगदानका निम्ति शान्ति सेना नेपाललाई नेतृत्व तहको जिम्मेवारी उपलब्ध गराउन महासचिव गुटेरेससँग अनुरोध गर्नुभएको थियो । महासचिव गुटेरेसले हरित गृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ प्रसङ्ग उठाउँदै जलवायु परिवर्तनका नकारात्मक असरबारे विश्वलाई सन्देश प्रवाह गर्न आफू नेपाल भ्रमणमा आएको बताउनुभयो ।

    आफ्नो नेपाल भ्रमण तीन ‘एजेण्डा’मा केन्द्रित रहेको जानकारी दिँदै महासचिव गुटरेसले नेपालको सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनीकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकाले यहाँ आएको बताउनुभयो । राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा तयार गरेको स्मरण गर्दै महासचिवले राष्ट्रपति पौडेलकै कार्यकालमा त्यसका बाँकी काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पदाधिकारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री साउदसँग बेग्लाबेग्लै भेट गर्नुभएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

    प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गर्नुभएको छ । महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर–हाम्दी र संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ । रासस

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.