• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

जातीय विभेद कम नहुनु दुःखद् : सांसद विश्वकर्मा

  •   बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ । जातीय विभेदका घटना पटकपटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उहाँसँग तितो अनुभव छ ।

    “सांसद भएर काम सुरु गरेको एक वर्ष भयो, म सांसद भएर आएपछि पनि ३०÷३२ जातीय विभेदका घटना घटे तर एउटैको पनि सुनुवाइ भएन”, सांसद विश्वकर्माले भन्नुभयो, “मैले पटकपटक सदनमा आवाज उठाए, सुनुवाइ हुँदैन, जातीय विभेदको कुरा अहिले पनि कम हुन सकेको छैन, जुन दुःखद् कुरा हो ।” उहाँ आफ्नो समुदायको विभेद न्यूनीकरण गर्न पटकपटक आवाज उठाउनुहुन्छ । तर एकाधबाहेक सम्बोधन हुँदैनन् । तै पनि हिम्मत हार्नुभएको छैन ।

    “मैले विभेद कम गर्न सदनमा आवाज उठाउँछु, आफ्नो क्षेत्रको समस्या समाधान, रोकथाम गर्नका लागि काम गरिरहेकै छु”, सांसद विश्वकर्माले भन्नुभयो ।

    सांसद विश्वकर्माको जन्म झापाको लखनपुर–३ मा भएको हो । विंस २०४० देखि राजनीतिक यात्रा प्रारम्भ गर्नुभएकी उहाँले नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि नै काम गर्नुभएको हो । झापा–२ बाट समानुपातिकबाट प्रतिनिधित्व गर्नुहुुने सांसद विश्वकर्माले पार्टीको वडा ण्ण्ण्कमिटी हुँदै पार्टीभित्र दलित मुक्ति आन्दोलनमा सक्रियारुपमा काम गर्नुभयो । उहाँले दलित मुक्ति मोर्चाको जिल्ला सचिव भएर काम गर्दै अहिले मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्य र महिला विभागको केन्द्रीय सचिव भएर काम गरिरहनुभएको छ ।

    सांसद विश्वकर्माले संविधान अनुकूलका कानुन बनाउन धेरै बाँकी भए पनि सरकारले संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाउन ध्यान नदिएकामा दुःख लागेको छ । “कानुन बनाउने कुरामा प्रतिपक्षको भन्दा पनि सत्तापक्षले अलि बढी ध्यान दिनुपर्ने हुन्छ”, उहाँले थप्नुभयो, “सरकारले बनाउनुपर्ने कानुन सदनमा ल्याएर छलफल गराउनुपर्ने हुन्छ तर त्यो हुन सकेको छैन ।” उहाँले कानुन बनाउनुपर्ने कुरामा धेरै पटक सदनमा उठाएको तर सरकारले गम्भीरतापूर्वक नलिएको अनुभव सुनाउनुभयो । कानुन बनाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष भनेर बस्न नहुने उहाँको बुझाइ छ ।

    सांसद विश्वकर्मालाई सक्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप गर्नु संसदीय अभ्यासमा सामान्य कुराजस्तो लागे पनि सदन प्रतिपक्षको भएकाले सरकारले अलि बढी ध्यान दिनुपर्छ भन्ने लाग्छ । “सरकारले गल्ती गरेको अवस्थामा प्रतिपक्षले आवाज उठाउने ठाउँ सदन होे, त्यो कुरा सरकारले पनि बुझन जरुरी छ”, उहाँले भन्नुभयो, “तर आरोपप्रत्यारोप गरेर समस्याको समाधान हुँदैन, जनताको समस्या समाधानमा जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।”

    जनताका प्रतिनिधि अत्यन्तै इमान्दार, संवेदनशील भएर जनताको हित हुने गरी बोल्नुपर्छ भन्ने सांसद विश्वकर्मालाई लाग्छ । “जनताको समस्या समाधान गर्ने तरिकाले जनप्रतिनिधि सदनमा सभ्य भएर आफ्नो कुराहरु राख्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारको ध्यानाकर्षण सभ्य तरिकाले पनि गर्न सकिन्छ, गैरजिम्मेवार तरिकाले कहिले पनि प्रस्तुत हुन हुँदैन ।”

    नेपालको राजनीतिक परिपाटीमा सांसदहरु विकास निर्माणमा बढी केन्द्रीत हुनुपर्ने जरुरी भएको उहाँको बुझाइ छ । विधायक भनेको कानुन बनाउने हो भनेर नेपाली समाजमा बुझाउन नसकिएको भन्ने उहाँलाई लाग्छ । “जनताले विकासकै आशा गरेका हुन्छन्, चुनावमा भोट माग्दा पनि कुन नेताले के बनाउने भन्ने बोल्यो भन्ने आधारमा मत निर्धारण हुन्छ”, उहाँले भन्नुभयो, “म यहाँ बाटो बनाउँछु, त्यहाँ पुल बनाउँछु, यति बजेट हालिदिन्छु भनेर वचन दिएको हुन्छ, सांसदमा पनि विकास निर्माणमा ध्यान दिँदा लोकप्रिय भइन्छ भन्ने छ ।”

    सांसद विकास कोष बढी मात्रामा पहुँच हुनेले मात्र प्रयोग गरेको पाइएकाले त्यो नहँुदा नै ठीक भएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “जहाँ विकास जरुरी छ, त्यहाँ विकास गर्नुपर्छ, निर्वाचित सांसदको हालीमुहाली हुने तर समानुपातिक सांसदलाई साँची मात्र बनाउने परिपाटी पनि गलत हो ।”

    सांसद विश्वकर्मालाई सत्तापक्ष वा प्रतिपक्ष सबै मिलेर देशमा भएका विकृति, विसङ्गति, सबै खाले विभेदको अन्त्यका लागि पहल गर्नुपर्छ भन्ने लागेको छ । कुनै पनि प्रकारको कुरीति र कुसंस्कारको विरुद्धमा सबै एकताबद्ध हुन उहाँको आग्रह छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.