चितवन। चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्रि सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा आज बिहान ५ः४५ बजे सोही स्थान घर भएका ३४ वर्षीय दिलिप चौधरी मृत फेला परेका छन् । ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले गोडा च्यापेको अवस्थामा उनलाई फेला पारिएको थियो ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।








