• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन

  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन् । आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख शेरचनले यो महोत्सवले व्यापार व्यवसायको प्रवद्र्धनसँगै आदिवासी जनजातिलाई एकैठाउँमा उभ्याउन मद्दत गरेको बताए ।

    आदिवासी जनजाति समुदायलाई आफ्नो अधिकारको लागि लडाइँ जारी राख्नुपर्ने बताउँदै शेरचनले भने, ‘म १०१५ सालमा चितवन झरेको मान्छे हुँ । मैले अधिकार प्राप्तिको लागि आजसम्म पनि लडिरहेको छु । किनकि अधिकारको लडाइँ कहिल्यै नसकिने रहेछ ।’ अधिकारकै लागि आवाज उठाउँदा पटकपटक अङ्गभङ् बन्नु परेको तीतो यथार्थ सुनाए । ‘त्यसकारण यो महोत्सवले पहिचानको आवाज बोकेर गाउँगाउँ पुग्न मद्दत गरेको छ,’ उनले भने ।

    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सहयोग पु¥याउन यो महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास दिलाइन् । महोत्सव परिसरमा बनाइएको आदिवासी जनजातिको गाउँले महोत्सवको रौनक नै फरक तुल्याएको उनले बताइन् । ‘यहाँको गाउँ देख्दै गर्दा महानगरको पर्यटन विकासको लागि कुनै एक ठाउँमा आदिवासी जनजातिका गाउँ निर्माण गर्नुपर्ने सोच आएको छ,’ उनले भनिन्, ‘भावी पुस्ताको लागि पनि अध्ययन गर्ने र सिक्ने थलो बनोस् ।’ महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, कला र संस्कृति संरक्षण र सम्बद्र्धनमा टेवा पुग्ने आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए ।

    महोत्सवस्थलमा सबैभन्दा आकर्षणको केन्द्र नै आदिवासी जनजाति समुदायको गाउँ बनाइएको छ । चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिएको घर निर्माण गरिएको छ । त्यही घरले आदिवासी जनजाति समुदायको पहिचानलाई प्रष्टरूपमा झल्काएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले बताए । महोत्सवबाट चितवनको मात्र नभई समग्र आदिवासी जनजाति समुदायकै परिचय फराकिलो बनाएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का संघीय वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले बताए ।

    चैत १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट लायन्सचोक, शहीदचोक, पुल्चोक, उद्योग वाणिज्य संघ हुँदै प्रदर्शनी मैदानसम्म बृहत् शोभायात्रा निकालिएको थियो । शोभा यात्रामा चितवनका सबै आदिवासी जनजाति समुदायले भेषभूषासहित झाँकी प्रदर्शन गरेका थिए ।

    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन सर्वदलीय बैठकको दबाब
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन सर्वदलीय बैठकको दबाब

    • २.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ३.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ५.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ६.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ७.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ८.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.