• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक, ८० हजार जनाको सहभागिता

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार चितवन एक्सपो सेन्टरमा भरतपुर महानगरले फागुन १८ गते नारायणी किनारमा भएको उद्घाटन कार्यक्रमका उपलब्धीहरु सार्वजनिक गरेको हो ।

    महानगरले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रमको ¥यालीमा करिब ८० हजार जना भन्दा बढी भरतपुरबासी उपस्थित भएको बताइएको छ । ¥यालीमा १४५ विद्यालय, १४३ धार्मिक संघ संस्थाहरू, ३८७ आमा समूहको पहिचानसहित सहभागिता रहेको थियो । त्यसैगरी ६२९ टोल विकास संस्था, ३४ सामुदायिक वन, १४९ निजी तथा सामुदायिक संघ संस्था, ७६ क्लवसहित विभिन्न जनजाति, भेषभूषामा उपस्थिति रहेको महानगरले जनाएको छ ।

    महानगरपालिकाले समग्र रुपमा उद्घाटन कार्यक्रम ऐतिहासिक र गर्व गर्न लायक बन्न पुगेको बताएको छ । उद्घाटन कार्यक्रम जस्तै वार्षिक रुपमा सबैको साथ र सहयोगबाट भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने अपेक्षा लिएको जनाएको छ ।
    स्थानीय तहले आयोजना गरेको महाअभियान पालिकाको मात्र नभई सिंगै राष्ट्रको कार्यक्रम हुन पुगेको महानगरले जनाएको छ । अभियानका बारेमा कुनै गभ्भीर त्रुटीबारे गुनासो र उजुरी नपरेकाले सम्रगमा उद्घाटन कार्यक्रम सफल भएको महानगरपालिकाले बताएको छ ।
    कार्यक्रममा उपस्थित विश्ष्ठि पाहुनले अभियानप्रति ऐक्यबद्धता जनाउदै दिएको शुभकामना मन्तव्यले थप उत्साहित बनाएको महानगरले जनाएको छ । उद्घाटन कार्यक्रमको तयारी, प्रचार–प्रसार एवम् व्यवस्थापनमा करिब एक करोड खर्च भएको जनाएको छ ।

    कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहले पर्यटनसम्बन्धी गरेको यो नै पहिलो र ऐतिहासिक कार्यक्रम बन्न पुगेको बताउनुभयो ।
    देशमा देखा परेको आर्थिक मन्दी र जनतामा परेको नकारात्मक छापालाई चिर्दै आर्थिक अवस्थालाई चलायमान बनाउदै सकरात्मक सोचको विकास गर्न यो अभियान आयोजना गरिएको प्रमुख दाहालले स्पष्ट पार्नुभयो ।

    भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यहाँका निजी क्षेत्र, व्यवसायी, समाजसेवी तथा सम्पूर्ण भरतपुरवासीको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले औल्याउनुभयो ।
    भ्रमण वर्षलाई सफल बनाउन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कार्यक्रमहरु हुने क्रम जारी रहेको र थप कार्यक्रमहरु भरतपुरमा आयोजना गर्न आग्रह पनि गरिएको उहाँले जानकारी दिनुभयो ।
    भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार र निम्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बाडिएको र त्यसको प्रतिक्रियाले उत्साहित बनेको उहाँको भनाइ थियो ।

    भ्रमण वर्षको सन्दर्भ पारेर दुई महत्वपूर्ण पर्यटकीय गन्तव्य दियालो बंगला र वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ हेर्न मिल्ने व्यवस्था मिलाउन सफल भएको उल्लेख गनुभयो ।
    कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेसका सचिब ध्रुवराज मिश्र, नेकपा एमाले सचिव प्रकाश ढुङ्गना, नेकपा माओवादी केन्द्रका संयोजक आरसि अधिकारी, समाजवादीमा उपाध्यक्ष कृष्णराज न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो ।

    यसैबिच भ्रमण वर्षको उद्घाटन कार्यक्रममा उत्कृष्ट ¥यालीमा व्यापक सहभागिता जनाउन प्रोत्साहन स्वरूप प्रथम हुने वडालाई रू १ लाख, द्वितीय हुने वडालाई ७५ हजार र तृतीय हुने वडालाई रू ५० हजार बरावरको कार्यक्रम तथा जिन्सी समान उपलब्ध गराउने घोषणा अनुसार पुरस्कार प्रदान गरिएको छ । जसमध्ये वडा नं २८ प्रथम, वडा नं. ३ द्वितीय र वडा नं. १० तृतीय भएका थिए ।

    ¥यालीमा उत्कृष्ट झाँकी, भेषभूषा, जातजातिको झाँकी प्रर्दशन गर्ने समूहलाई पनि नगदसहित पुरस्कार प्रदान गरिएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.