• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित

"सहमति संस्थाले गरायो सरोकारवालाको ध्यानाकर्षण "
  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित बनेपछि सहमति संस्थाले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । शुक्रबार जिल्ला समन्वय समिति चितवनमा भएको अन्तरक्रिया कार्यक्रममा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएको गैँडाकोट स्थित सहमति संस्थाले सरोकारवाला निकायहरुलाई नीति निर्माण गर्दा ध्यान दिन सजग गराएको हो । कार्यक्रममा सरोकारवालाहरुले छलफल समेत गरेका छन् ।

    जिल्ला समन्वय समितिको आयोजनामा डब्लु डब्लु एफ, डेनमार्क सरकार तथा सहमतिको सहकार्यमा भएको दिगो रुपमा नदीजन्य वस्तुहरुको संरक्षण र उत्खनन् अभ्यास सम्बन्धी उक्त अन्तरक्रिया कार्यक्रममा विशेषगरी अनुगमन तथा उत्खनन्को अनुमति प्रदान गर्ने निकायहरुबीच अन्तरक्रिया गरिएको हो । कार्यक्रमको उद्देश्यमाथी प्रकाश एवं स्वागत गर्दै सहमतिको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले नदीजन्य पदार्थकै कारण संरक्षणका कार्य प्रभावित बनेको बताउँदै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले सहमतिले संरक्षणका कार्यक्रम गरेकोमा सो योगदानको कदर गर्दै उत्खनन् गर्नेदेखी नियमनकारी निकाय एवं आम नागरिक सबै सचेत बन्दै खबरदारी गर्नुपर्ने बताउनुभयो । अधिकारीले स्थानिय तह, स्थानिय प्रशासन र सरेकारवालाहरुको सक्रियता बिना नदिजन्य वस्तुको अबैध उत्खनन् रोक्न कठिन हुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नदीजन्य वस्तुहरुको उत्खनन् गर्दा सावधानी नअपनाए यसले ठूलो क्षति गर्ने बताउँदै सबैजना जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

    थापाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु अघि नै निरिक्षण गरेर प्रतिवेदन वनाउन आवश्यक रहेको बताउनुभयो । नदीजन्य वस्तुको जथाभावि उत्खनन् रोक्न सके पालिकाको राजस्व समेत वृद्धि हुने बताउँदै स्थानीय तहले बढी तदारुकता देखाउनुपर्ने बताउनुभयो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन एकाई भरतपुर चितवनका प्रमुख श्याम लोप्चनले चुरे क्षेत्रमा नदीजन्य पदार्थहरुको संकलन, असर, कारण, प्रभाव र नीतिहरुबारे प्रस्तुती राख्दै नदीजन्य पदार्थ संकलनका समस्याहरुले राजस्व चुहावट, भू–क्षय तथा नदी कटान, तल्लो तटीय क्षेत्रमा बढी पहिरोको जोखिम बढेको बताउनुभयो ।

    त्यस्तै नदीको फैलावटमा वृद्धि भइ मानव वस्ती र खेतीयोग्य जमिनमा क्षति, भौतिक संरक्षनाहरुमा समेत क्षति, जल पारिस्थिकिय प्रणालीमा आधारित जैविक विविधतामा नकरात्मक असर परेको बताउनुभयो । एउटै नदीलाई तीन चार भागमा वर्गिकरण गरेर सहमती माग्ने प्रचलनले समेत उत्खनन् रोक्न नसकीएको बताउनुभयो । डिभिजन वन कार्यालय चितवनका वन अधिकृत दिनेश हुमागाईंले वनसँग सम्बन्धित कानुनी पाटो तथा नदीजन्य वस्तुहरुको दिगो उत्खनन् तथा रोकथाम सम्बन्धी कानुनी व्यवस्थाबारे अवगत गराउनुभएको थियो ।

    कालिका नगरपालिकाका अधिकृत प्रकाशचन्द्र पौडेलले गाउँ स्तरमा जनचेतना जगाईएको भएपनि व्यवसायीको त्रासका कारण काम प्रभावकारी हुन नसकेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना सापकोटा, जिल्ला समन्वय अधिकारी हरिप्रसाद शर्मा, चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगर लगायतको उपस्थिति रहेको थियो । सहमतिले डब्लुडब्लुएफ नेपालसँगको सहकार्यमा नवलपुरको गुन्द्रही र चितवनको खगेरी जलाधार क्षेत्रमा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.