चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा राति २ वटा सवारी साधन ठोक्किदा २ जना घाइते भएका छन् ।
मुग्लिन-नारायणगढ सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिका वडा नं. २९ गाइघाटमा विहान करिब ४ बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको ना. ५ ख. ९९९ नम्बरको खाली ट्याङ्कर र विपरित दिशाबाट आउदै गरेको प्र.२–०३–००१ च ५२४० नं. को बोलेको एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बोलेरो चालक जिल्ला बारा वर्ष २४ को ठाकुरसिंह घलान र वर्ष ४८ को जंग बहादुर शाह घाइते भएको र उनीहरुलाई उपचारको लागि भरतपुर सहकारी अस्पताल पठाइएको जुगेडी प्रहरीले जनाएको छ ।








