• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

खुर्सानी खेतीमा थ्रिप्स संक्रमणको प्रकोप

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो ।

    मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि नै प्रकोपका रूपमा देखिएको छ । खैरहनी नगरपालिकामा मङ्सिर २८ गते देखिएको यो रोग थ्रिप्स कीराका कारण लाग्ने गर्दछ ।

    खैरहनी नगरपालिका वडा नं १२ का नवीनकुमार श्रेष्ठले एक बिघा १० कठ्ठा क्षेत्रफलमा लगाउनुभएको खुर्सानीमा यो रोगको सङ्क्रमण देखिएको छ । उहाँले भन्नुभयो, “रोगका कारण फल नलाग्ने, बोटमा फूल नखेल्ने भएर समस्या भयो ।” रोगका कारण यसवर्ष उत्पादनमा पनि कमी आउने उहाँले बताउनुभयो ।

    खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेमा खुर्सानीखेती गर्दै आउनुभएका अर्जुन भुसालले यतिखेर खुर्सानीको बोट उखालेर फाल्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष वैशाखसम्म उत्पादन लिएको थिएँ । अहिले रोगका कारण समस्या भएर चाँडै नै फाल्नुपर्यो ।”

    विगतमा एक कठ्ठामा ३२ क्विन्टलसम्म उत्पादन भएको खुर्सानी अहिले घटेर २२ क्विन्टल हाराहारीमात्रै सीमित भएको उहाँले बताउनुभयो । फलमा दाग लाग्ने, बिरुवामा फूल नखेल्नेजस्ता समस्या यो रोगबाट हुने गरेको उहाँले गुनासो गर्नुभयो । रोग लागेपछि फल सानो हुने, दाग लागेपछि बजार नपाउनेजस्ता समस्या बढ्ने गरेको उहाँले बताउनुभयो ।

    व्यावसायिक कीट विकास फार्म भण्डाराकी वरिष्ठ बाली विकास अधिकृत पूर्णिमा क्षेत्रीले यो रोग लागेपछि उत्पादनमा ६० देखि ९० प्रतिशत गिरावट आउने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा नै पहिलोपटक यो रोग देखिएको छ । यसलाई नियन्त्रण गर्न नसक्ने हो भने एक सय चार प्रकारका बोटबिरुवामा प्रभाव पार्ने देखिन्छ ।”

    यस कीराले खुर्सानी, सिमी, भण्टा, मेवा, आलु, स्ट्रवेरीलगायतका बोटबिरुवामा आक्रमण धेरै गर्ने उहाँले बताउनुभयो । यस कीराका कारण एक चौथाइसम्म उत्पादन घट्ने गरेको छ । जिल्लामा एक सय ६५ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिने गरेको उहाँले बताउनुभयो । पूर्वी चितवनमा देखिएको यो समस्या अहिले जिल्लाभरि नै फैलिएको उहाँको भनाइ छ ।

    प्लान्ट क्वारेन्टिइ तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत डा देवराज अधिकारीले कीराबाट बचावटका लागि बाली चक्र अपनाउनुपर्ने बताउनुभयो । गर्मी समयमा गहिरो खनजोत गरी माटोमा रहेका थ्रिप्सका प्युपाहरूलाई नाश गर्ने, निरन्तर गोडमेल गर्ने, एकैपटक बाली लगाउने, चरणबद्ध रोपाइँ नगर्ने, नाइट्रोजन र फस्फोरस मलको साथै पोटासयुक्त मलखादको सन्तुलित मात्रामा प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । यसैगरी कीराले क्षति गरेको पात, फलहरू सङ्कलन गरी नष्ट गर्ने, कीराबाट साह्रै आक्रान्त भएमा बोट उखाल्ने र जलाउने गर्नुपर्ने उहाँले बताउनुभयो ।

    स्प्रिङ्गलर सिँचाइ प्रणाली अपनाउने, मित्र कीराहरूको संरक्षण हुने गरी निमजन्य विषादी प्रयोग गर्ने गरेमा बाली जोगाउन सहज हुने उहाँले सुझाव दिनुभयो । रासायनिक विषादी प्रयोग गर्नुपरेमा प्राविधिकको परामर्शअनुसार मात्र काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.