• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

ललितपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई चितवनमा स्वागत

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ललितपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई चितवनमा स्वागत गरिएको छ । उद्योग वाणिज्य संघ चितवनले ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्रचार्यकोे नेतृत्वमा आएको भम्रण टोलीलाई स्वागत गरेको हो । स्वागत कार्यक्रमाउ उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिँदै यस किसिमका भेटघाटले मित्रता बढ्नुका साथै दुवै क्षेत्रका व्यवसायीको समस्या पहिचान गरी समस्या समधानका लागि सम्बन्धित निकायमा पहल गर्न सहज हुने बताए ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले स्वागत गर्दै उनले उद्योग वाणिज्य संघहरूले व्यावसायिक हितका साथै राष्ट्रिय हितका विषयमा पनि कुरा उठाउन पर्ने बताए ।उनले भरतपुर भ्रमण वर्ष–२०२४ लाई सफल बनाउन ललितपुर र चितवनबीच पर्यटकीय गतिविधि बढाउन भ्रमण टिमलाई अनुरोध गरेका छन् ।

    कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बर्जचार्यले उद्योग वाणिज्य संघ–चितवनले आतिथ्यता प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले संघको संक्षिप्त जानकारी दिए । उनले उद्योगी व्यवसायीहरुको हकहित एवम् समस्या समधानका लागि उद्योग वाणिज्य संघ–चितवनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मनोजबहादुर न्यौछयौले उद्योग वाणिज्य संघका अध्यक्षहरुको अस्तित्वका लागि सरकारी हिसाबमा पदको क्रमबद्धता खोज्नुपर्ने बताए ।

    छलफलमा दुई उद्योग वाणिज्य संघबीच भगिनी सम्बन्ध बिस्तार गरी चितवन र ललितपुरबीच व्यवसायिक परियोजनाहरुमा सहकार्य गर्नेलगायत ललितपुरका कलाकारिता चितवनमा भित्र्याउने देखि उद्योगी व्यवसायीका समस्यालाई समधानका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराउने विषयमा प्रतिबद्ध भएका थिए । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्रचार्यको नेतृत्वमा कार्यसमिति सदस्य, महिला उद्यमी लगायत २० जनाको सहभागिता रहेको थियो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी र नारायण प्रधान लगायत कार्यसमितिका सदस्यहरूउपस्थिति रहेको थियो । यसैगरी ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षलगायत पदाधिकारी र कार्यसमितिको उपस्थिति रहेको संघका कार्यक्रमअधिकृत गणेश सुवेदीले जानकारी गराए । टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थियो । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गरे ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.