• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रूपमा अलि अप्ठ्यारो तर निकै मनोरम छ । डाँडाकाँडाले घेरिएका बस्ती । पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेका बस्तीले पर्यटकलाई पर्खिरहेका छन् । थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि हालसम्म प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमै थिए । तमानखोला गाउँपालिका पछिल्लो समय पर्यटन सम्भावना बोकेका क्षेत्रको विकासमा जुटेको छ । गाउँपालिकाले एक हजारदेखि चार हजार दुई सय मिटरको उचाइसम्म रहेका पर्यटकीय क्षेत्रको विकास गर्न थालेको छ । पालिकाभित्र रहेका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्नका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ ।

    तमानखोलाले उत्तरमा म्याग्दीसँग जोडिएको सोलेडाँडा, दक्षिणमा ढोरपाटनसँग जोडिएको जिल्लाकै सुन्दर बराह ताल, तमान गाउँ, ढोमइथान मन्दिर, सांस्कृतिक पहिचानका रूपमा रहेको सोरठी नाचको संरक्षणमा गाउँपालिकाले लगानी गरेको छ । नौडल्लेको पहाडलाई समेत प्रचार प्रसार गर्न थालिएको छ । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट नजिक रहेको तमानखोलाले पर्यटनसम्बन्धी संरचना निर्माण गरेर पर्यटक भित्र्याउन गाह्रो छैन । पछिल्लो समय प्रचारप्रसार र भौतिक संरचना निर्माण भएपछि पर्यटकको आगमन बढिरहेको छ । गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्न र प्रचारप्रसारलाई तीव्रता दिनका लागि समय–समयमा पर्यटन बहससमेत गर्दै आएको छ ।

    गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले पहिलेको तुलनामा अहिले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक बढ्दै गएको बताउनुभयो । आफू निर्वाचित भएर आएर आएदेखि नै पर्यटन विकासमा काम गरिरहेको उहाँको भनाइ छ । पालिकाको सबैभन्दा चर्चित सोलेडाँडामा सहिद स्मृति पार्क, पाहुनाघर, कोसेलीघर, जडीबुटी पार्क, वनभोजस्थल निर्माण, खानेपानी, सार्वजनिक शौचालयको व्यवस्थापन गरिसकेको अध्यक्ष बुढामगरले बताउनुभयो । तमानखोलाका गाउँगाउँमा पदमार्ग, तमान गाउँका घरहरूमा एकै प्रकृतिको रङ लगाउने योजनासमेत रहेको भन्दै बराह तालमा करिब रु एक करोड हाराहारीका संचरना निर्माण गरेको उहाँको भनाइ छ ।

    “हामी निर्वाचित भएर आएपछि पहिलो कार्यकालदेखि नै पर्यटन क्षेत्रमा लगानी गर्दै आएका छौँ, तमानखोलामा एउटा पर्यटनको जग बसाल्ने काम भएको छ, अब सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा जोड दिएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “यो पालिकाले पर्यटन विकासमार्फत समृद्धि हासिल गर्न सक्छ भन्ने हिसाबले काम गरिरहेका छौँ, पहिलेको तुलनामा अहिले धेरै पर्यटक आएका छन्, सोलेडाँडा होस् या बराह ताल, हरेक महिना घुम्न आउने पर्यटक बढिरहेको हामीहरूले महसुस गरेका छौँ, अझै थप लगानी गर्दै जाने तयारीमा छौँ ।”

    तमानखोला–२ का स्थानीय ओम पुनले स्थानीय सरकार आएपछि यहाँको पर्यटन क्षेत्रमा धेरै सुधार आएको बताउनुभयो । गाउँपालिकाले हरेक वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधर निर्माण गर्दै आएपछि पर्यटकको आगमन पनि बढ्दै गएको उहाँको भनाइ छ । अघिल्लो वर्षसम्म बराह तालमा सडक नपुग्दा कम पर्यटक आएको भन्दै यस वर्ष एकै दिन हजारौँ पर्यटकले बराह मन्दिरको दर्शन र तालको अवलोकन गरेको उहाँ बताउनुहुन्छ । भौगोलिक विकटताका कारण पछाडि भए पनि गाउँपालिकाले विकासका लागि प्रयास भने गरिरहेको पुनको भनाइ छ ।

    उहाँले भन्नुभयो, “वडा नं २ मा बराह ताल पर्छ, म पनि यही ताल भएकै ठाउँको बासिन्दा भएको हुँदा पहिलेभन्दा अहिले निकै धेरै पर्यटक आएको पाएका छौँ, अन्य ठाउँमा पनि बेला–बेलामा पर्यटक घुम्न आएको देखिन्छ, तर पहिले घुम्न आउने मान्छे निकै न्यून थिए, अब गाउँपालिकाले पर्यटकलाई लक्षित गरी घरबास (होमस्टे) बनाउनुपर्छ भने सडक र अन्य पूर्वधार निर्माण जोड दिनुपर्छ ।”

    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.