• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

भरतपुर २ का महिलाहरु उद्घोषण तालिमपछि नेतृत्वको लागि सक्षम बने

  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिका वडा नं २ को आयोजनामा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । महिलाहरुमा नेतृत्व क्षमताको विकास गर्ने उद्धेश्य सहित उद्घोषण तालिम आयोजना गरिएको हो । भरतपुर–२ वडा कार्यालयको सभाहलमा भएको उद्घोषण तालिममा विभिन्न १८ वटा टोलका ५० जना सहभागी थिए ।

    तालिमको समापन कार्यक्रममा वडाध्यक्ष रानाभाटले सिकेको सीपलाई व्यवहारमा ल्याउनुपर्ने बताए । ‘तालिम लिइसकेपछि सहभागीबाट सकारात्मक प्रतिक्रिया आयो, तीन दिनको समय नपुगेको हुनाले आगामी दिनमा यस तालिमलाई पाँच दिनको बनाउने सुझाव आएको छ, हामी यही सुझावलाई मध्येनजर गर्दै अघि बढ्नेछौँ’ वडाध्यक्ष रानाभाटले भने । नेतृत्व विकासको सीपले महिलालाई सक्षम बनाउने वडाध्यक्ष रानाभाटको भनाई थियो ।

    उनले तत्काल किशोर किशोरीका लागि नेतृत्व विकासको तालिम वडा कार्यालयले ल्याउने बताए । एसईई दिएर बसेका किशोरकिशोरीका लागि पनि नेतृत्व विकासको तालिम छिटै दिने गरी वडाले तयारी गरेको समेत उनले बताए ।

    तालिमको मुख्य प्रशिक्षकमा पत्रकार किशोर खनाल रहेका थिए । मुख्य प्रशिक्षक खनालले उद्घोषणसहित महिलाको नेतृत्व तहको क्षमता विकासलाई प्रमुख प्राथमिकता दिएर तालिम दिइएको बताए । मोटिभेसनल स्पिकरसमेत रहेका खनालले तालिममा सहभागी हुनेहरुले जुनकुनै संस्थामा नेतृत्व गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिए ।

    तालिमको अर्का प्रशिक्षक पत्रकार कमलराज कँडेल रहेका थिए । उनले तालिम प्रभावकारी र उपलब्धीमुलक भएको बताए ।
    कार्यक्रममा वडा सदस्य परशुराम पौडेलले उद्घोषण तालिम वर्सेनि चलाउने बताए । वडा सचिव ओमप्रकाश न्यौपानेले तालिम कार्यक्रमको संयोजन गरेका थिए ।

    तालिममा जनप्रतिनिधिहरु, बेलपत्र श्रेष्ठ, बलराम सिटौला लगायतले तालिममा वडाका स्थानीयको उत्साहपूर्ण रहेको बताए । सहभागीहरुले तालिम प्रभावकारी भएको र नेतृत्व क्षमतामा विकास भएको बताएका थिए ।

    सहभागीको तर्फबाट कविता रेग्मीले बोलेकी थिइन् । उनले तालिम प्रभावकारी भएको बताइन् । उद्घोषण तालिम महिलाका लागि अतिआवश्यक भएको र वडाले दिँदा आफ्नो क्षमता विकास भएको बताइन् । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले उद्घोषण तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.