• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छः रक्षामन्त्री उप्रेती

  •   शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

    आज सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “हिमालयको देश भनेर नेपालको पहिचान स्थापित भएजस्तै पछिल्लो समय खेल क्षेत्रले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित हुँदैछ तर विशेग गरी खेल क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी छन् । यसतर्फ हामी सबै गम्भीर बन्नुपर्छ”, उहाले भन्नुभयो ।

    खेलको माध्यमबाट विश्वमा नेपालको नाम उजागर गरेका खेलाडीको उचित संरक्षणका लागि पनि मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ । “नेपाली खेलाडीले पोषण, आवश्यकताअनुसारको खेलमैदान पाएका छैनन् तथापि उच्च मनोबलका साथ देशविदेशमा गएर खेल खेल्नु सराहनीय छ”, मन्त्री उप्रेतीले भन्नुभयो,“अब नेपाल सरकारले पनि खेल क्षेत्र र खेलाडीको विकासका लागि काम अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ । यसमा तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ ।”

    खेल क्षेत्रमा भौतिक पूर्वाधार र उपयुक्त वातावरण निर्माण गर्न नसक्नुका साथै खेलाडी पलायन तथा युवा खेलाडी दुव्र्यशनीमा लाग्ने समस्या देखिएकाले नयाँ योजनासहित संरक्षण, सम्वर्द्धन र प्रोत्साहनका योजनासहित राज्यले आवश्यक योजना अगाडि बढानुपर्ने खाँचो रहेको मन्त्री उप्रेतीको भनाइ छ ।

    यसैगरी उहाँले मधेश प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएको सुनकोशी मरिन डाइभर्सन, काठमाडौँ निजगढ दु्रतमार्ग निर्माणसम्पन्न भए यहाँको अवस्था बदल्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल क्योकुशिन–कान कराते सङ्घले लालबन्दी–७ स्थित कृषि विकास बैंकको चौरमा आयोजित प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय क्लबका समेत गरी दुई सय ५० जना खेलाडी सहभागिता रहेको क्योकुशिन–कान कराते प्रशिक्षक शशि देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र विजयी खेलाडीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिनेछ । आयोजकले महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.