हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नंबर १० का ४८ वर्षीय जिवन मोक्तान रहेका छन् । गयराति ८ः३० बजे आफ्नै घरमा बत्तीको प्लक मिलाउने क्रममा करेन्ट लागेर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।








