• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक एवं प्राविधिक सहयोगमा फेम्ली हेल्थ इन्टरनेशनल ३६० (एफएचआइ) का साझेदारीमा चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा परियोजना कार्यान्वन गरिराखेको छ ।

    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेपाल भ्रमणमा रहनुभएका ‘एफएचआइ ३६०’ का प्रमुख वित्त अधिकृत रसिका पद्मापेरुमासँग आज नगरपालिकामा भएको द्विपक्षी भेटवार्तामा नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले स्वच्छ हावा प्रवर्द्धन, वातावरण व्यवस्थापन तथा वायु प्रदूषण न्यूनीकरण नगरपालिकाले लिएको नीति तथा कार्यक्रम एवं गतिविधिका बारेमा जानकारी दिनुहुँदै जलवायु अनुकूलन नीतिलाई प्राथमिकता दिएको बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वच्छ हावामार्फत नगरवासीको जीवन सुधारका लागि शिक्षा, स्वास्थ्य तथा वातावरण व्यवस्थापन नगरपालिकाबाट भइराखेका प्रयासका बारेमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वायू प्रदूषण रोकथाम र न्यूनीकरण लागि प्रमाणका आधारित नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन भइरहेको छ । वायु प्रदूषणको समस्या समाधान तथा स्वच्छ हावा प्रवद्र्धनमा नगरवासी चेतना विस्तारै वृद्धि हुँदै गएको छ । जलवायु परिवर्तनका असरबाट आर्थिक एवं सामाजिक जीवनमा पार्ने असर कम गर्न हाम्रा नीति तथा कार्यक्रम केन्द्रित छन् ।”

    सो अवसरमा ‘एफएचआई ३६०’ प्रमुख वित्त अधिकृत पद्मापेरुमाले चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएकामा बधाई दिनुहुँदै यसले जलवायु परिवर्तनले आर्थिक एवं सामाजिक क्षेत्रमा पार्ने असरलाई घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न स्वच्छ हावा परियोजनाले सहयोग पुगेको मैले विश्वास लिएको छु । जलवायु परिवर्तनले विशेष गरी आर्थिक एवं सामाजिक जीवनमा पर्ने असर र क्षतिलाई घटाउँदै जानुपर्छ ।”

    वित्त अधिकृत पद्मापेरुमाले वायू प्रदूषण घटाइ स्वच्छ हावा प्रवर्द्धन गर्न चन्द्रागिरि पालिकाले गरेका काम अन्य देशका लागि सिकाइ हुनसक्छ भन्नुभयो । सो अवसरमा उहाँले चन्द्रागिरि नगरपालिकाद्वारा थानकोटमा सञ्चालित निःशुल्क सवारी प्रदूषण जाँचको अवलोकनसमेत गर्नुभएको थियो । युएसआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले काठमाडाँै उपत्यकाको वायुको गुणस्तर सुधारका लागि चन्द्रागिरि नगरपालिकाले निर्वाह गर्दै आएको विभिन्न कामको उच्च प्रशंसा गर्नुभयो ।

    बैठकमा नगरप्रवक्ता एवं चन्द्रागिरि–४ का वडाध्यक्ष कृष्ण्प्रसाद खड्गी, चन्द्रागिरि–६ का वडाध्यक्ष एवं वातावरण तथा विपद् समितिका संयोजक सञ्जय सिग्देल, ‘एफएचआई ३६०’ नेपाल प्रमुख भगवान् श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ : सवारी प्रदूषण जाँच तीव्र चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने नीति लिएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिँदै आएको छ ।

    वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारीसाधनबाट निस्कने धुवाँलाई लिइन्छ । यस्ता परीक्षणमा ‘फेल’ भएका सवारीसाधनलाई नगरक्षेत्रमा प्रयोग गर्न नदिनेसम्मको सोच नगरपालिकाले बनाएको छ । युएसआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले भन्नुभयो,“नगरपालिकाको यस्तो नीतिले काठमाडौ उपत्यकाको वायुको गुणस्तर व्यवस्थापनमा कोशेढुङ्गाको काम गर्छ । ”

    साथै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरपालिकाले पेट्रोल, ग्यास र डिजेलबाट चल्ने सवारीसाधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रता नीति समेत लिएकोे छ । विश्वस्वास्थ्य सङ्गठनले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमका रूपमा लिएको छ ।

    स्टेट अफ ग्लोबल एयर २०२० ले सन् २०१९ मा नेपालमा वायू प्रदूषणका कारण ४२ हजार एक सय जनाको अकालमा मृत्यु भएको जनाएको थियो । तीमध्ये काठमाडौँमा मात्र पाँच हजार ८० जना रहेका थिए । कचौरा आकारको काठमाडाँै उपत्यकाको द्रुत सहरीकरणले गर्दा वायु प्रदूषणको उच्च जोखिममा रहेको जनाइएको छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.