• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा परेको छः अध्यक्ष केसी

  •   शनिबार, असार २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैँ  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ । आज यहाँ आयोजित ‘सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक कार्यक्रममा सत्ता गठबन्धनमा देखिएको निरन्तरको फेरबदलपछि उत्पन्न राजनीतिक उथलपुथलसँगै सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा परेको बताउनुभयो ।

    त्यस अवसरमा पार्टीद्वारा प्रस्तुत कार्यपत्रमा सहकारीको जन्म पुँजीवादी शोषण र पीछडिएका मुलुकमा सामन्तवादी शोषण तथा साहुकारी प्रथाविरुद्ध भएको उल्लेख छ । सहकारीको मुख्य उद्देश्य मजदुर, किसान, समाजमा दबिएका, उपेक्षित र किनारामा पारिएका वर्गको आर्थिक रुपले पक्षपोषण गर्नु रहेको समेत उल्लेख गरेको छ । सहकारीको समस्या समाधानमा जनता र राजनीतिक दलले दबाब सिर्जना गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष केसीले गरिब जनताले छाक काटेर जोगाएको पैसा केही सीमित टाठाबाठाले हिनामिना गरेका जिकिर गर्नुभयो ।

    त्यस अवसरमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको समस्या अत्यन्त गम्भीर समस्याकारुपमा देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “लाखौँ नागरिकको अर्बाै रकम हजारौ सहकारीमा जम्मा गरेका छन् । उनीहरुको बचत अपचलन, दुरुपयोग, हिनामिना र ठगी भएको छ । केही सहकारीले बचत फिर्ता गर्न सकेका छैनन् भने केहीमा बचतको सुरक्षामै प्रश्न उठेको छ ।” केही सहकारीको समस्याका कारण सम्पूर्ण सहकारीमा रहेको बचत रकम सुरक्षाबारे गम्भीर प्रश्न उठेको उहाँको भनाइ थियो ।

    उहाँले सहकारीको बचत अपचलनमा सार्वजनिक र राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिको संलग्नता देखिने चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सामान्तवादविरुद्धको अभियानकारुपमा अघि बढेको सहकारी आन्दोलनका माध्यमद्वारा समाजवादतर्फ जान सकिन्छ भन्ने ध्येय रहे पनि नेपालमा भने उद्देश्य अनुरुप कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “वस्तु उत्पादन गरी निर्यात गर्नुपर्नेमा शेयर लगानी गर्ने, मुनाफा कमाउने तथा ब्याज खानेमा सहकारी आन्दोलन सीमित भएको छ ।”

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा भिमबहादुर रावलले देशको तीन खम्बे अर्थतन्त्रमा महत्वपूर्ण मानिएको सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न सरकार र ठूला राजनीतिक दल गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीको रकम अपचलन र ठगी गर्ने व्यक्तिविरुद्ध निर्धक्क आवाज उठाउनुपर्छ । सहकारीको रकम अपचलनका विषयमा कतिपय नेताबाट गैर–जिम्मेवारी अभिव्यक्ति आएको छ, । संलग्नलाई कारवाही गरिएन भने त्यो नगर्नेलाई मतियार भन्नुपर्ने हुन्छ ।”

    संविधानविद् तथा नेपालका सहकारी समस्याबारे जानकार काशीराज दाहालले राज्य संयन्त्रमा बसेका व्यक्तिमा समस्या अन्त्य गर्ने इच्छाशक्ति र संवेदनशीलताको कमी मात्र नभई र अलमल्याउने प्रवृत्तिले सहकारी समस्या समयमा हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य संयन्त्रमा रहनेहरुमा समस्यालाई छिटो अन्त्य गर्ने जागरुकता देखिन्न । समस्या समाधान गर्ने हो भने कार्यान्वयन गर्ने अधिकारसम्पन्न आयोग हुनुपर्छ ।” पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सहकारी सामुहिकतामा आधारित व्यवसाय भएकाले समाजवादी अर्थतन्त्रको विकास तथा वर्गीय अन्तर विरोधलाई समाधान गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउनुभयो ।

    उहाँले देशमा ‘सहकारी र ठगी’ एक अर्काका पर्यायवाची हुन भन्ने भाष्यका रुपमा स्थापित हुँदा सहकारीको उद्देश्य, दर्शन र सिद्धान्तअनुसार काम गरिरहेका सहकारी समेत पीडित हुन पुगेको धारणा व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा खोलिएका सहकारीले सीमित रुपमा भएपनि मुलुकलाई आत्मनिर्भर बनाउने दिशातर्फ काम गरिहरहेको पक्षलाई नजरअन्दाज गर्न निमिल्ने उहाँको भनाइ थियो । त्यसअवसरमा सहभागी अन्य वक्ताले लघु कृषि उत्पादनको दायरा थप विस्तार हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.