• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

‘राजीतिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहमति भयो’

  •   शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बीच सहमति भएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

    प्रमुख सचेतक लेखकले भन्नुभयो, “ देशमा सुशासन कायम गर्न दुई दलबीच सहमति भएको हो । विकासको लक्ष्य हासिल गर्न, अर्थतन्त्र चलायमान बनाउन तथा विकासको गति अघि बढाउन यो समीकरण भएको हो ।” उहाँले दुई दलबीच यही असार १७ गते भएको सहमतिको कांग्रेस पदाधिकारी बैठकबाट समर्थन भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पर्नुभयो ।

    उक्त सहमतिका केही ठोस आधार रहेको जानकारी गराउँदै प्रमुख सचेक लेखकले भन्नुभयो, “मुलुकलाई ठीक ढङ्गले अघि बढाउन राजीतिक स्थिरता पहिलो आधार हो ।” उहाँले प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिनु नै अस्थिरता भएको बताउनुभयो । वर्तमान सरकारले प्रचारको राजनीति बाहेक केही नगरेको आरोप लगाउँदै उहाँले सरकारका मन्त्रीहरुले ‘फाइल खोल्छौँ’ं, भन्ने र चर्चा कमाउने काम मात्र गरेकोे टिप्पणी गर्नुभयोे । नेता लेखकले संविधान भनेको निरन्तर चलायनमा हुने दस्तावेज भएको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्ने क्रममा देखिएका कमजोरी पक्षको आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

    यसमा पश्चगमन देख्नु भनेको नकारात्मक सोच भएको उहाँको टिप्पणी थियो । प्रमुख सचेतक लेखकले सशस्त्र आन्दोलनमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम र सङ्घीय लोकतन्त्रको शासन व्यवस्था स्थापना गर्ने काम कांग्रेसको नेतृत्वमा भएको बताउनुभयो । “यो कुरा हेक्का रहोस् । राजनीतिक अस्थिरतालाई स्थिरतामा रुपान्तरण गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “यसले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी व्यवस्थालाई अझ सबल बनाइने छ । संविधान छुनै नमिल्ने दस्तावेज होइन ।” संविधानमा भएका कतिपय व्यवस्था १० वर्षमा पुनरावलोकन गर्न सकिने संविधानमै उल्लेख रहेको जानकारी गराउँदै उहाँले त्यो प्रावधान मूल्याङ्कन गरेर संविधानलाई थप बलियो बनाउन समयानुसार संशोधन आवश्यक रहेकामा जोड दिनुभयो ।

    संविधानको दिगो पनका लागि बहुसङ्ख्यक जनताको अपनत्व र आत्मसात गर्न आवश्यक भएको उल्लेख गर्दै उहाँले यो छलफलका लागि सबैसँग छलफल गरेर अघि बढ्ने प्रणका साथ नेतृत्व लिन दुवै दलबीच सहमति भएको स्पष्ट पार्नुभयो । प्रमुख सचेतक लेखकले कांग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र सबल बनाउनका भएको बताउँदै यसमा कसैले भ्रम फलाउन नहुनेमा जोड दिनुभयो । मुलुकका भएका हरेक आन्दोलनमा सबै दल मिलेर सफल भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले विशेष अवस्थामा ठूला दल र शक्ति मिल्दा नै राम्रो परिणाम आउँछ भन्ने विगतको इतिहासले पनि देखाएको बताउनुभयो । यही असार १७ गते दुवै दलबीच भएको सहमतिलाई कार्यान्वयन आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

    बैठकमा प्रमुख सचेतक लेखकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित जनताको उद्धार, राहत र पुनःस्थापनाको लागि सरकारसँग माग गर्नुभयो । त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सरकारप्रति विश्वासको मत माग्दै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । यसअघि सरकारलाई समर्थन दिएका नेकपा एमालेसहितका दलहरुले विश्वासको मत फिर्ता लिएपछि उहाँले आजको संसदको बैठकमा सम्बोधन गर्दै सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । प्रधानमन्त्री दाहालले सम्बोधनसहित बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि सो प्रस्तावमाथि दलीय आधारमा छलफल प्रारम्भ भएको छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.