• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कांग्रेस–एमालेले सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भयो : मुख्य सचेतक पाण्डे

  •   शुक्रबार, असार २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तत्कालीन सत्तासाझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई दलबीच भएको भनिएको सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भएको बताउनुभएको छ ।

    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै मुख्य सचेतक पाण्डेले उक्त दुई ठूला दलबीच भएको सहमति सार्वजनिक नहुँदा नागरिकमा अन्योलता उत्पन्न भएको बताउनुभयो । सुशासन कायम गर्ने, पुँजीगत खर्च वृद्धि र उत्पादन वृद्धिमा सरकारले पहल लिइरहेको उल्लेख गर्दै उहाँले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नगरेर नागरिकलाई झुक्याउन खोजिएको आरोप लगाउनुभयो ।

    “पहिला नै भएको सहमति सार्वजनिक गर्नु पथ्र्यो, यसरी नेपाली जनतालाई झुक्याउन पाइँदैन, सत्ता साझेदारीसँगै संविधान संशोधनको विषय सार्वजनिक भएको छ । दुई दलबीच भएको भनिएको सम्झौता किन सार्वजनिक नगरेको ?”, सचेतक पाण्डेले प्रश्न गर्नुभयो । राष्ट्रिय सहमतिका लागि सबै दलसँग छलफल हुनुपर्नेमा एक वा दुई दलले सत्ता साझेदारी गर्दैमा राष्ट्रिय सहमति हुन नसक्ने उहाँले धारणा राख्नुभयो । “दुई दलबीच पहिला नै सहमति भएको थियो भन्ने देखिएको छ । त्यो आजसम्म पनि सार्वजनिक गरिएको छैन ।

    के थियो त्यो सहमति ? किन लुकाइएको ? सहमतिमा के भएको छ, त्यो जनताले हेर्न नपाउने ? सांसदले सुन्न नपाउने ? दुई दलबीच भएको सहमति आजसम्म सार्वजनिक नगरी किन गोप्य राखिएको ?”, मुख्य सचेतक पाण्डेले प्रश्न गर्नुभयो । वर्तमान सरकारले जनसरोकारका सवाल सम्बोधनगरी सुशासनको अभियान तीव्र बनाएसँगै राजनीतिक समीकरण फेरबदल भएको सचेतक पाण्डेले बताउनुभयो ।

    वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास तथा सुनको अवैध तस्करी प्रकरणमा दृढताका साथ कारबाही अघि बढाएको उहाँले जानकारी दिनुभयो । जनताको त्याग र बलिदानको जगमा निर्मित संविधान संशोधन गरेर पश्चगतमनतर्फ फर्कने खतरा बढेको उल्लेख गर्दैै मुख्य सचेतक पाण्डेले संविधान संशोधन गरेर जनताको अधिकार कटौती गरिए सदन र सडकबाट प्रतिरोध गरिने बताउनुभयो ।

    “सदनबाट विश्वास पाए पनि नपाए पनि सहिद र बेपत्ताका साथै नेपाली जनताको सपना साकार पार्न माओवादी पार्टी निरन्तर लडिरनेछ”, उहाँले भन्नुभयो । वर्तमान सरकारले सम्पादन गरेका कामका सम्बन्धमा प्रधानमन्त्री दाहालले गर्नुभएको सम्बोधनको समर्थन गर्दै मुख्य सचेतक पाण्डेले विश्वसाको मतका पक्षमा मतदान गर्न आह्वान गर्नुभयो । सरकारले सुरुआतदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई आत्मसात् गरेर सकारात्मक कामको थालनी गरेको उहाँले स्पष्ट पार्नुभयो । मुख्य सचेतक पाण्डेले संविधानको रक्षा गरेर अघि बढ्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभयो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.