• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

संसद्का कामकारबाही र अभ्यासलाई इमान्दारपूर्वक सम्प्रेषण गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

  •   शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धुलिखेल । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का कामकारबाही र अभ्यासलाई सत्य, तथ्य र वस्तुनिष्ठ आधारमा इमान्दारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाका पदाधिकारी र सञ्चारकर्मीबीचको अन्तरक्रियामा उहाँले आफूले लेखेका समाचारलाई आमनागरिकले कुन रुपमा लिएका छन् भनी आत्मसमीक्षा गर्नसमेत अनुरोध गर्नुभयो ।

    अध्यक्ष दाहालले भन्नुभयो, “पत्रकारले आफूप्रति इमान्दार भएर समाचार लेखेको हो, त्यसलाई जनताले कुन रुपले लिए भनेर आत्मसमीक्षा गर्नुपर्छ ।” राष्ट्रियसभाका गतिविधि, साझा सहमति र निर्धारित कार्यसूचीका आधारमा अघि बढिरहेको जानकारी दिँदै उहाँले सदनबाट भए÷गरेका उपलब्धिलाई जनतासमक्ष सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार जगत्लाई आग्रह गर्नुभयो । राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले संसदीय अभ्यासलाई चुस्तदुरुस्त तुल्याउन र राज्यप्रणालीलाई बलियो बनाउन संसद् र सञ्चारमाध्यम मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले जनताका समस्या, माग, मुद्धा र समाजका गतिविधिका विषय सदनमा पु¥याउने र सदनमा उठेका सवाल जनता समक्ष पु¥याउन सञ्चार जगत्बाट सकारात्मक सहयोगको अपेक्षा गर्नुभयो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले संसद्मा भएका गतिविधिलाई जस्ताका तस्तै जनतासमक्ष पु¥याउन र जनताका विषयवस्तु सदनमा ल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

    राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले आमनागरिकको सरोकारका मुद्धामा संसद्मा छलफल र बहस हुन्छ भन्ने विषय जनतामा सञ्चार गर्न मिडियाको ठूलो भूमिका रहन्छ भन्नुभयो । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि यमबहादुर किसानले नेपालको संविधानमा उल्लेख भएको सङ्घीयता, गणतन्त्र, धर्मनिरेपक्षता र समावेशिताको प्रवद्र्धन र नागरिकमा सही सूचना सम्प्रेषण गर्ने कार्यमा आफ्नो संस्थाले सहयोग पु¥याउँदै आएको जानकारी दिनुभयो ।

    राजधानीबाट प्रकाशित तथा प्रसारित सञ्चारमाध्यमका करिब ३० सञ्चारकर्मीको सहभागिता रहेको दुईदिने कार्यक्रममा राष्ट्रियसभा नियमावलीको व्यवस्था, समाचार सङ्कलनमा पत्रकारले ध्यान दिनुपर्ने विषय, संसदीय खुलापन, बाह्य पहुँचसम्बन्धी पत्रकारको दृष्टिकोण र वर्तमान अवस्था, नेपालमा राष्ट्रियसभाः विगत र वर्तमान, कानुन निर्माण प्रक्रिया र सञ्चार जगत्को भूमिका विषयमा विज्ञले प्रस्तुति दिनुहुनेछ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.