• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग

  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सहज प्रत्याभूतिको आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाद्वारा ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ’ अन्तक्र्रियाका सहभागीले अपाङ्गतामैत्री स्वास्थ्य सेवा प्रवाह सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सञ्चारकर्मी एवं अपाङ्गता क्षेत्रमा काम गर्ने संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य लागायत अन्य अधिकारको पहुँच पु¥याउन सञ्चार माध्यमले त्यस सम्बन्धी विषय उठान गर्नुपर्ने बताएका थिए ।

    कार्यक्रममा सङ्घ उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले सङ्घले स्थापनाकालदेखि हालसम्म परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अन्य विभिन्न स्वास्थ्यका क्षेत्रमा सञ्चालन गरेको कार्यक्रम एवं गतिविधिका बारेमा जानकारी दिँदै सङ्घले अपाङ्गतामैत्री सेवा प्रवाह गरिरहेको र अन्य स्वास्थ्य निकायमा पनि यस्तो व्यवस्था हुनुपर्ने औँल्याउनुभयो । उहाँले सङ्घले गत वर्ष चार हजार तीन सय नौजना अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिएको जनाउँदै सङ्घमा आउने दातृ निकायको कार्यक्रम कटौती र सरकारबाट बजेट व्यवस्थापन नहुँदा दिँदै आएको सेवा प्रभावित हुँदै कर्मचारीसमेत कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो “अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पहुँच स्थानीयस्तरमै पुर्याउन सङ्घ लागिरहेको छ । केही पालिकामा कार्यक्रम सञ्चालन गरेको र यसको प्रभावकारिता समेत बढेको छ । सङ्घमा परेको आर्थिक सङ्कटले अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्ग र आर्थिक रूपमा विपन्न वर्गले नै स्वास्थ्य सेवा नपाउने अवस्था आउने चुनौती थपिएको छ । यसलाई अन्त्य गर्न राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्छ । ”

    शाखा प्रबन्धक अर्यालले परिवार नियोजन सङ्घले सन् २०१९ देखि अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित गरी प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतनात्मक कार्यक्रमका विविध प्रकारका अपाङ्गता भएका व्यक्तिलाई नै पियर एजुकेटर (साथी शिक्षक)को तालिम दिएर समुदायमा परिचालन गर्दा यसले निकै सकारात्मक प्रभाव पारेको र अपाङ्गता भएका व्यक्तिको जीवनमा नयाँ ऊर्जा थपेको जानकारी दिनुभयो । अपाङ्गता भएका सबै व्यक्तिलाई अन्य व्यक्तिसरह सबै चाहनाको साथै यौन चाहना हुने तर परिवारका सदस्यलाई खुलेर भन्न नसक्ने, उनीहरूको विवाह र सन्तान जन्माउने अधिकार र चाहनालाई मार्नुपर्ने तथा उनीहरूको यौनरोग वा विविध समस्याको सामना गर्नुपरेको अवस्थामा सङ्घले विभिन्न पालिकामा सञ्चालन गरेको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको अधिकार स्थापित गर्न सहज हँुदै गएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्थासम्बन्धी अध्येता अनुप अधिकारीले नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गरी संविधान एवं कानुनमा गरिएको व्यवस्था कार्यान्वयनमा नआउँदा अपाङ्गता भएका व्यक्तिको अधिकार हनन भइरहेको टिप्पणी गर्नुभयो । उहाँले कतिपय अपाङ्गता भएका व्यक्तिको जीवन निकै कष्टकर बनेको उदाहरण प्रस्तुत गर्दै उनीहरूको अधिकारलाई सुनिशिचत गर्न देशका तीनवटै सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकामा सचेतना तालिम दिँदै आउनुभएकी अम्बिका कुइँकेलले समाज र परिवारमा अपाङ्गता भएका व्यक्तिले विवाह गर्न नहुने, सन्तान जन्माउन नहुनेजस्ता सोचले समस्या परेको जनाउँदै अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्नुपर्छ भन्नुभयो । अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई सचेतना तालिम दिँदै आउनुभएकी सन्जिया श्रेष्ठले अपाङ्गता भएका व्यक्ति एवं परिवारलाई महिनावारी स्वच्छता, सरसफाइ, मायाप्रेम, विवाह, सन्तान जन्माउने चाहनालाई बञ्चित गर्न नहुने बारेमा शिक्षा प्रदान गर्दै परिवार नियोजनका साधनको प्रयोगका बारेमा जानकारी गरी त्यस क्षेत्रका व्यक्तिहरू लाभान्वित भएको बताउनुभयो ।

    कार्यक्रममा सिबिआर भक्तपुरमा कार्यरत गङ्गा प्रजापति, सुनिता दुवाललगायतले अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे बुझाउन थालेपछि समुदायमा परिवर्तन आएको जनाउँदै समस्या र चुनौतीहरू भने धेरै रहेको बताउनुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.