• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

धादिङमा सवारी दुर्घटना कमी

  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धादिङ । पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घटेको छ । पृथ्वीराजमार्गसहित ग्रामीण सडकहरूमा गुड्ने सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहे पनि दुर्घटनाको सङ्ख्यामा भने कमी आएको हो । आर्थिक वर्ष २०७६÷७७ मा एक वर्षमा चार सय ५८ दुर्घटना भएकामा गत आव २०८०÷८१ मा एक सय ९८ मात्र दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्कमा देखिएको छ । तथ्याङ्कानुसार पाँच वर्ष पहिलेको दुर्घटना सङ्ख्याको तुलनामा गत आबमा करिब ५७ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

    आव २०७६÷७७ मा २७ दुर्घटनाको मुद्दा दर्ता भएको र चार सय ३१ दुर्घटना मिलापत्रबाट टुङ्ग्याइएको तथ्याङ्कले देखाए पनि मृतक र घाइतेको सङ्ख्या प्रहरीसँग छैन । आव २०७७÷७८ मा भन्दा गत आव मा मृत्यु हुनेको सङ्ख्या पनि २५ प्रतिशतले कमी आएको देखिएको छ । पछिल्लो दुई वर्षमा भने मृत्यु हुनेको सङ्ख्या उस्तै छ । आव २०७७÷७८ मा ५९, २०७८÷७९ मा ७९, २०७९÷८० मा ४३ र २०८०÷८१ मा ४४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा संलग्न ठूला तथा मझौला सवारीको सङ्ख्यामा पनि कमी आएको छ । तर दुर्घटनामा संलग्न हुने साना सवारीको सङ्ख्या भने पाँच वर्षयताको तुलनामा खासै घटेको छैन ।

    आव २०७६÷७७ मा तीन सय ३७ वटा ठूला सवारी, एक सय ८३ मझौला सवारी र दुई सय २८ साना सवारी दुर्घटनामा संलग्न भएकामा गत आव २०८०÷८१ मा ८५ वटा ठूला सवारी, ७५ वटा मझौला सवारी र दुई सय १७ वटा साना सवारी दुर्घटनामा भएको छ । ठूला सवारीको दाँजोमा साना सवारी तीव्रगतिमा हुइकिने र बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको भनाइ छ । तथ्याङ्कानुसार पछिल्लो एक वर्षमा दुर्घटनामा परेर जिल्लामा पुरुष ३५, महिला तीन र बालबालिका छ गरी ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार सय ३६ जना घाइते भएका छन् ।

    मृत्यु हुने र घाइते हुने दुवैमा पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो । आव २०७७÷७८ देखि चार वर्षमा भएको एक हजार चार सय एक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या दुई सय २५ जना पुगेको छ । ती दुर्घटनाबाट दुई हजार पाँच सय सातजना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख, प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार सवारीसाधनको चाप दिनानुदिन बढ्दो क्रममा रहे पनि सडक सुरक्षामा प्रहरीको सक्रियता बढेकै कारण दुर्घटनाको सङ्ख्यामा उल्लेख्य रूपले कमी आएको हो । “पछिल्ला वर्षहरूमा सवारीसाधनको चाप अद्यावधिक बढेको छ तर दुर्घटना सङ्ख्या घटेको छ ।

    यसलाई हामीले उपलब्धिका रूपमा लिएका छौँ”, प्रहरी निरीक्षक श्रेष्ठ भन्नुहुन्छ, “सवारीको चाप बढेसँगै बढ्न सक्ने सम्भावित दुर्घटनालाई कम गराउन सक्नु ट्राफिक प्रहरीसहित तीनै तहका प्रहरीको उपलब्धि हो ।” जिल्लामा गत फागुन २३ गते गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रुबस दुर्घटनामा १२ र भदौ ६ गते गजुरीकै घहरामा भएको यात्रु बस दुर्घटनामा नौजना गरी दुई दुर्घटनामा मात्रै २१ जनाको मृत्यु थियो । यो नै मानवीय क्षति बढी भएको गत वर्षको सबैभन्दा ठूला दुर्घटना हुन् ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.