• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

भरतपुर भ्रमण वर्ष कामः पर्यटक भित्र्याउन सकारात्मक योगदान

  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै पर्यटक सङ्ख्यामा वृद्धि भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा करिब सात हजारले वृद्धि भई तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो । निकुञ्जमा आउने पर्यटकमध्ये भरतपुर महानगर हुँदै भित्रिने सङ्ख्या २७ हजार नौ सय ५६ छ ।

    अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या २३ हजार दुई सय ५७ रहेको थियो । सूचना अधिकारी तिवारीका अनुसार भरतपुरबाट मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चार हजार छ सय ९९ बढी पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । भरतपुर महानगर क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको प्रतिशतको हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसै अवधिमा सौराहा क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको वृद्धि दर शून्य दशमलव ९४ प्रतिशत मात्रै छ ।

    गत आवमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ मात्र थियो । यसरी हेर्दा दुई हजार पाँच सय ६८ जना पर्यटक मात्र सौराहा क्षेत्रबाट बढेको दखिन्छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानका रूपमा गरिएको प्रचारप्रसारका कारण निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको बताउनुहुन्छ । महानगरपालिकाले गत फागुन १८ गते भ्रमण वर्षको शुभारम्भ गरेको थियो ।

    अब आउने पर्यटकीय सिजनमा यसको थप प्रभाव पर्ने उहाँको भनाइ छ । प्रमुख दाहालले भन्नुभयो, “अबको मुख्य सिजनमा पर्यटकको सङ्ख्या पक्कै बढ्नेछ ।” महानगरपालिकाले अन्तर्राष्ट्रिय समन्वय उपसमिति बनाएर वाह्य जगतमा चितवनको प्रचारप्रसार गरेको थियो । ३० भन्दाबढी देशमा प्रचार सामग्री र लोगो वितरण गरिएको प्रमुख दाहालको भनाइ छ । ६० भन्दाबढी देशका गैरआवासीय नेपाली महासङ्घका नेतृत्वकर्तालाई अन्तर्राष्ट्रिय समन्वय उपसमितिको सदस्य बनाइएको उहाँले जानकारी दिनुभयो । प्रमुख दाहालको भनाइमा भ्रमण वर्ष सुरु भएसँगै महानगरपालिकाको नेतृत्वमा सम्पन्न प्रर्द्धनात्मक कार्यक्रमका कारण पर्यटक बढेका हुन् ।

    भ्रमण वर्षका अवसरमा खेलकुदबाहेकका ५५ भन्दाबढी सानाठूला कार्यक्रम महानगरपालिकामा भएका छन् । यसबाट यहाँका होटल व्यवसायसमेत प्रत्यक्ष लाभान्वित भएको उहाँ बताउनुहुन्छ । उपप्रमुख चित्रसेन अधिकारी होटल ‘टाइगर टप्स’ बन्द भएपछि सुस्ताएको भरतपुरको पर्यटकीय गतिविधि भ्रमण वर्षले केही हदसम्म चलायमान बनाएको दाबी गर्नुहुन्छ । करिब ५० किलोमिटर सीमावर्ती क्षेत्र रहेको चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार भरतपुरमा छ भन्ने कुराको प्रचारप्रासर गर्न महानगरपालिका सफल भएको उपप्रमुख अधिकारीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “भ्रमण वर्षको प्रभाव देखिएको छ, पर्यटक सङ्ख्या वृद्धि हुनुका साथै केही हदसम्म आर्थिक क्षेत्र थप चलायमान भएको छ । चितवनको आर्थिक, सामाजिक, सांस्कृतिकसहित समग्र पक्षलाई सकारात्मक योगदान दिन भरतपुर भ्रमण वर्ष सफल भएको छ ।” भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।

    निकुञ्ज प्रवेश गर्ने पर्यटक सङ्ख्या बढ्नुमा प्रमुख कारण भ्रमण वर्ष भएको भन्दै उहाँले पर्यटकीय दृष्टिले अथाह सम्भावन भएको चितवनको पर्यटन प्रर्द्धन तथा विस्तारमा सहयोग पुग्ने कार्यक्रम सञ्चलन गर्नुपर्नेमा जोड दिनुभयो । अब धार्मिक पर्यटनलाई प्राथमिकता दिँदै देवघाटधाम महोत्सवसहित जङ्गल सफारी, म्याराथन दौडलगायत पर्यटन प्रवर्द्र्नमा सहयोग पुग्ने कार्यक्रम गर्ने पक्षमा महानगरपालिका रहेको डा सुवेदीले बताउनुभयो । भ्रमण वर्षका अवसरमा सर्वसाधारणले अवलोकन गर्न सक्नेगरी देवनगरमा अन्यत्रबाट उद्धार गरी ल्याइएको पाटेबाघ राखिएका छन् ।

    पछिल्ला दिनमा देवनगरमा पाटेबाघ हेर्न आउनेको भीड देखिन्छ । यस्तै दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि अर्काे महत्वपूर्ण नयाँ गन्तव्य बनेको छ । मुलुकको समग्र अर्थतन्त्रमा मन्दी आएको विद्यमान अवस्थामा आयोजना गरिएको भरतपुर–भ्रमण वर्षबाट पर्यटन व्यवसायसँगै चितवनसहित आसपासका क्षेत्रको आर्थिक क्षेत्र केही हदसम्म चलायमान भएको छ ।

    महानगरपालिकाले भ्रमण वर्षको आयोजनाबाट समग्र भरतपुरसँगै चितवन र चितवनवासीको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरेको छ । यस वर्षको अनुभव र प्राप्त रायसुझावलाई दृष्टिगतगरी आगामी वर्ष पर्यटन क्षेत्रको विकास एवं विस्तारमा सहयोग पुग्ने सिर्जनात्मक एवं रचनात्मक कार्यक्रम सञ्चालन गर्ने भरतपुर महानगरपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.