चितवन । मेघौली घटगाई नेचर गाईड एशाेसियसनको साधारण सभा एवं प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतवार र सोमवार गरी दुई दिन पटिहानीमा संस्थाको साधारण सभा र अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले यसअघिकै तदर्थ समितिलाई निरन्तरता दिदै मनेश कुमार लिम्वुको नेतृत्वमा संस्थालाई अगाडि बढाउने निर्णय गरेको छ ।
जसको उपाध्यक्षमा नन्द कुमार महतो, सचिवमा वेदन महतो, सह–सचिवमा छविराम पौडेल र कोषाध्यक्षमा वीर वहादुर महतो चयन भएका छन् । यस्तै सदस्यहरुमा सुर्य प्रकाश तिवारी, वद्री प्रसाद अर्याल, चिन बहादुर कुमाल, श्रीकृष्ण न्यौपाने, गजेन्द्र पोख्रेल र शिवराज गिरी चयन भएका छन् । यस्तै सल्लाहकार समितिको संयोजकमा नेपाल पंक्षी विद् संघका अध्यक्ष हठन महतो मनोनित भएका छन् । सदस्यहरुमा कुल नारायण श्रेष्ठ, कमल अधिकारी, सुर्य गुरुङ र सुवास गुरुङ रहेका छन् ।
अध्यक्षमा मनोनित लिम्वुले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारी पूर्ण रुपमा निभाउने बताए। उनले संस्थामा रहेर काम गर्दै जादा कसैले औला उठाउने ठाउँ नराख्ने प्रतिवद्धता व्यक्त गरे । साथै प्रविधिको विकाससँगै अव संस्थाको सम्पुर्ण गतिविधि डिजिटल रुपमा अगाडि बढ्ने उनले बताए । यसअघि भएको साधारण सभामा चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख अभिनाश थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नयाँ गोरख गणका सेनानी सन्तोष ढुङगेल र नेपाल पंक्षी विद् संघका अध्यक्ष हठन चौधरीको विशिष्ठ आतिथ्यता रहेको थियो ।
नेचर गाईडहरुले पर्यटकलाई रिझाउन सक्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । दुई दिने कार्यक्रममा नेचर गाईडहरुको क्षमता अभिवृद्धिको लागि प्रशिक्षण समेत राखिएको थियो । जसमा विभिन्न क्षेत्रका विज्ञले चितवन राष्ट्रिय निकुञ्ज र यहाँ पाईने जनावरहरुको बारेमा जानकारी दिएका थिए । साथै नेचर गाईडमा हुनुपर्ने स्वभावको वारेमा पनि प्रशिक्षकहरुले जानकारी गराएका थिए ।
प्रशिक्षणको सुरुवातमा मेघौली सेराईका नेचर गाईड अश्विन गुरुङले पुतलीको वारेमा प्रशिक्षण दिएका थिए। यस्तै ट्राईगर ट्याकर वीर वावुराम महतो जनावरको पहिचान र ट्याकिङको तरिकावारे प्रशिक्षित गराए । मेघौली घटगाई गाईड एसोसिएसनका अध्यक्ष मनेश लिम्वुले किराहरुको पहिचान र संरक्षणको वारेमा जानकारी गराए भने हठन चौधरीले चराको बारेमा जानकारी गराए । सो अवसरमा चौधरीले चरा सम्वन्धि सम्पुर्ण जानकारी समेटिएको ४ थान पुस्तक संथाका अध्यक्ष लिम्वुलाई हस्तान्तरण गरे ।
यस्तै चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख अविनाश थापा मगरले गाइडहरुको भुमिका र उत्तरदायित्वको बारेमा प्रष्ट पारे। चितवन राष्ट्रिय निकुञ्जले गाईडहरुलाई के–कस्तो सहयोग गर्छ भन्नेबारे पनि उनले प्रकाश पारे । प्रशिक्षित कार्यक्रममा कमल अधिकारी, आषिक गुरुङ, प्रदिप महतो, पुजा महतो, सन्तोष वस्नेत लगाएतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ६५ जना नेचर गाईडहरुको उपस्थिति रहेको थियो ।








