• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चोरीसिकार रोक्न निकुञ्जद्वारा नयाँ योजना कार्यान्वयनमा

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले वर्षादको समयमा हुन सक्ने चोरीसिकार नियन्त्रण गर्न फरक रणनीति अपनाएर सुरक्षा व्यवस्था गरेको छ । वर्षादको समयमा खोलानाला बढ्ने, झाडी हुने हुँदा सबै ठाउँमा सवारीसाधन पुग्न कठिन हुने भएकाले फरक ढङ्गले ती ठाउँहरुको निगरानी हुने गरी रणनीति बनाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज कार्यालय र सुरक्षार्थ खटिएको नेपाली सेना संयुक्त रुपमा बसेर संवेदनशील ठाउँहरुको पहिचान गरी ती ठाउँहरुमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

    हरेक हप्ता समीक्षा गर्दै सुरक्षा रणनीतिलाई फरक ढङ्गले कार्यान्वयन गरिँदै आएको उहाँले बताउनुभयो । तिवारीका अनुसार जिप तथा गाडी सबै ठाउँमा पुग्न नसक्ने भएकाले यतिबेला हात्ती गस्तीलाई प्राथमिकता दिइएको छ । निकुञ्जमा ५४ वटा हात्ती छन् । तीमध्ये बच्चा, गर्भवती र अशक्त बाहेकलाई गस्तीमा प्रयोग गरिएको छ । यसैगरी, नदी तटीय क्षेत्रमा डुङ्गाको प्रयोग गरिँदै आएको छभने पैदल, साइकल गस्ती पनि नियमित हुँदै आएको छ । सम्भव हुने ठाउँहरुमा जिप तथा गाडीमा समेत गस्ती भइरहेको उहाँले बताउनुभयो ।

    निकुञ्जभित्र ६७ स्थानमा पोष्ट छन् । ती पोष्टमा नेपाली सेना र निकुञ्ज कर्मचारी बसेर सुरक्षाको काम गरिरहेका छन् । निकुञ्जले लामो, मध्यम र छोटो पेट्रोलिङको काम गरिरहेको छ । दुई साताभन्दा बढी विभिन्न क्षेत्रमा रात बिताउने गरी गस्तीको काम भइरहेको छ । मध्यममा एक साता हाराहारी र छोटोमा एकदुई दिनको जङ्गलका ठाउँठाउँमा क्याम्प बनाएर बसेर सुरक्षा दिने गरिएको छ ।

    निकुञ्जले कुनै ठाउँमा तत्काल परिचालन हुन परेमा तयारी हालतमा हात्तीसहितको टोली राख्ने गर्दछ । यसले विपत्मा समेत काम गर्ने गरेको छ । सिमलताल बस दुर्घटनामा निकुञ्ज क्षेत्रमा हात्तीसहितको यो टोलीले खोजीसमेत गरेको थियो । सूचना अधिकारी तिवारीका अनुसार आवश्यकतानुसार ड्रोन उडाउने समेत गरिँदै आएको छ । यससँगै एसपिवाई क्यामरा राखेर ठाउँठाउँमा निगरानी गरिँदै आएको छ । यो क्यामरा गोप्य रुपमा संवेदनशील क्षेत्रमा राखिन्छ । यसलाई निकालेर त्यहाँको अवस्था निगरानी गर्ने गरिएको छ ।

    आवश्यकता परेको ठाउँमा स्थानीय सामुदायसँग सहकार्य गरेर गस्तीका काम गरिएका छन् । समुदायमा आधारित चोरीसिकार नियन्त्रण इकाइ चोरीसिकारी नियन्त्रण र सुराकीमा खटिइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको मुख्य बासस्थान हो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.