• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

प्रधानसेनापतिबाट बिदा हुँदै शर्मा, आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । आगामी भदौ २४ गतेदेखि अवकाशमा जान लाग्नुभएका प्रधानसेनापति शर्माले शुक्रबारदेखि घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा आज सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराउनुभएको हो । आफ्नो कार्यकालका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सदैव इमान्दारिता, वफादारिता, निःस्वार्थ भाव र निरन्तर परिश्रमलाई मूलमन्त्रको रूपमा अङ्गिकार गरी कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो ।

    उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थभन्दा संस्थागत स्वार्थलाई शिरोपर गरी राष्ट्र तथा सङ्गठनको हितअनुरूप कार्य गर्नुहोला । भावी प्रधानसेनापतिलाई पनि मलाई जस्तै साथ र सहयोग मिल्ने विश्वास लिएको छु ।” त्यस अवसरमा नेपाली सेनाले निर्माण जिम्मा लिएका विभिन्न पूर्वाधार आयोजनाको प्रगति अवस्थाबारे प्रधानसेनापति शर्माले जानकारी गराउनुभएको थियो । काठमाडौँ–तराई मधेस द्रुतमार्गका १२ वटा प्याकेजको ठेक्का कार्य सुरू भएको, नौ वटा सुरुङमार्गमध्ये चार वटाको ‘ब्रेक थ्रु’ भइसकेका, पहिलोपल्ट अग्ला पुलको निर्माण कार्य अगाडि बढेकोलगायत विवरण उहाँले प्रस्तुत गर्नुभयो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको प्रक्रियागत कार्य सम्पन्न भई भवन निर्माणको चरणमा गएको उहाँले जानकारी दिनुभयो ।

    नेपाली सेनाले काम गरिरहेको कर्णाली करिडोरअन्तर्गत लालिबगर–दुल्लिकुन्ना ११ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भई हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको पनि प्रधानसेनापति शर्माले समीक्षा प्रतिवेदनमा उल्लेख छ । रक्षा मन्त्रालयको सुपरीवेक्षण तथा नेपाली सेनाको नेतृत्वमा दक्षिण एसियामा नै पहिलो पटक ‘पार्टनरसिप फर टेक्नोलोजी इन पिसकिपिङ’ सङ्गोष्ठी कार्यक्रममा सहभागी भएको, बहुराष्ट्रिय शान्तिकार्यसम्बन्धी अभ्यास गरेको तथा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा सहभागी भएको उल्लेख गर्नुभयो ।

    शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ बाराको जितपुरमा ‘पिसकिपिङ लजिस्टिक अपरेसन सेन्टर’ को स्थापना गरिएको, छाउनीस्थित वीरेन्द्र अस्पतालमा ‘मास क्याजुअल्टी ट्रिटमेन्ट सेन्टर’ को निर्माण कार्य अगाडि बढेकोलगायत कार्यप्रगतिको जानकारी प्रधानसेनापति शर्माले प्रस्तुत गर्नुभयो । काठमाडौँ बाहिर स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यअनुरुप लुम्बिनी प्रदेशलाई लक्षित गरी बुटवलमा सैनिक अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको, आत्मनिर्भर बन्दै जाने योजना अनुरुप नेपाली सेनालाई आवश्यक जुत्ताहरु, पञ्चु तथा पाल–सायर कारखाना निर्माण भई उत्पादन सुरु भएकोलगायत प्रगति विवरण उहाँले प्रस्तुत गर्नुभयो ।

    स्नातक तहमा इञ्जिनियरिङ अध्यापनको लागि भक्तपुर जिल्लाको खरिपाटीमा नेपाली सेना इञ्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माणका लागि शिलान्यास भएको, लुम्बिनी प्रदेशको बुटवलमा सैनिक आवासीय महाविद्यालय निर्माण भई शैक्षिक सत्र २०८१ बाट सञ्चालनमा आएको उहाँको समीक्षामा उल्लेख छ । नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाका फरक क्षमता भएका सन्ततिलाई उचित स्याहार तथा शिक्षा प्रदान गर्ने उद्देश्यले छाउनीमा ‘वरदान फरक क्षमता विद्यालय’ निर्माण भई २०८१ आसारबाट पठनपाठन सुरू भएकोलगायत विषय समीक्षा प्रतिवेदनमा छन् ।

    सैनिक अस्पतालमा उपचार नहुने गम्भीर प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा सुविधा प्रदान गर्ने व्यवस्था गरिएको, अन्य हिताधिकारी सरह अधिकृत क्याडेट र शैन्यलाई पूर्ण स्वास्थ्य बीमा रु सात लाख प्राप्त गर्ने गरी आबद्ध गरिएको समीक्षामा उल्लेख छ । सैनिक सेवामा १० वर्ष पूरा गरेका श्रीमान्÷श्रीमतीको नाममा घर नरहेका बहालवाला सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदरमा आफ्नै निजी आवास निर्माणको लागि रु २५ लाखसम्मको ऋण प्रदान गर्ने गरी ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ कार्यान्वयनमा ल्याई लागू भएको प्रधानसेनापति शर्माले जानकारी दिनुभयो ।

    कल्याणकारी कोषको आय बढाउन ‘फ्युल स्टेशन’ को सङ्ख्या बढाई विस्तार गर्ने योजनाअनुरूप २०८० सालमा इटहरीमा र सीतापाइलामा पेट्रोल स्टेशन सञ्चालनमा आएका र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सुविधा सम्पन्न आधुनिक भौतिक संरचनाको निर्माण भएको उहाँले उल्लेख गर्नुभयो । आजै प्रधानसेनापतिले नेपाली सेनालाई विविध क्षेत्रबाट सहयोग पु¥याउने गैरसैनिक चार जना र सैनिक ५० जना सकलदर्जालाई एक समारोहका बीच ‘प्रधान सेनापति प्रसंशा निशान’ प्रदान गर्नुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.