• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सेन्ट्रल कलेजको वार्षिकोत्सव भोलि : भवन उद्घाटन तथा विविध कार्यक्रम गरी मनाउँदै

  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउनेव भएको छ । कलेजले १५ औं वार्षिकोत्सवको अवसरमा भोलि (शुक्रबार) विविध कार्यक्रम आयोजना गरेको हो । आज (बिहीबार) सेन्ट्रल टावरमा आयोजित पत्रकार सम्मेलनमार्फत वार्षिकोत्सवका कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।

    शुक्रबार भरतपुर ओरालो स्थित कलेजको आफ्नै भवन सेन्ट्रल टावरमा औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत बैशाखबाट कलेजले उक्त भवनबाट सेवा सुरु गरिसकेको छ । औपचारिक उद्घाटन भने शुक्रबार गरिने कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले बताउनुभयो । भोलि नै सेन्ट्रल ग्रुपद्धारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि उद्घाटन गरिनेछ । सेन्ट्रल मोडल कलेजले यसबर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

    सोही कलेजको भोलि औपचारिक उद्घाटन गरिने पौडेलले बताउनुभयो । कलेजले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्दै अध्ययन पश्चात रोजगारी समेत दिलाउने कलेजका कार्यक्रम संयोजक समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । अत्याधुनिक ल्याब, स्मार्ट बोर्ड र एसीसहितका कक्षा कोठामा अध्यापन गराइने उहाँले बताउनुभयो । कलेजले विद्यार्थीका लागि निःशुल्क बसको समेत ब्यवस्था गरेको छ । अर्को वर्ष मास्टर डिग्रीको कक्षा पनि सञ्चालनको योजना रहेको उहाँले बताउनुभयो ।

    यस्तै निकट भविष्यमा नै एकदेखि १२ सम्मको कक्षा पनि सञ्चालन गर्ने उहाँले बताउनुभयो । त्यस अघि भोलि बिहानैबाट अन्य विविध कार्यक्रम सुरु हुनेछन् । बिहान ७ बाट कार्यालय परिसरमा नै रक्तदान कार्यक्रम आयोजना गरिएको छ । चितवनमा हुने रगत अभावलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो । यस्तै चितवन नवलपुर र तनहुँका दुई सय भन्दा बढी फुटबल क्रिकेट तथा भलिवल क्लबहरुलाई खेल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ ।

    उता चर्चित कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, नेपाल आइडल विजेता करण परियार र कमेडी च्याम्पियन सुनिल खड्काको प्रस्तुति रहनेछ । वार्षिक साधारण सभा, सेन्ट्रल कलेजसँग सम्बन्धित म्युजिक भिडियो र सामाजिक संघ संस्थाहरुलाई सम्मान लगयातका कार्यक्रम पनि हुने प्रिन्सिपल पौडेलले बताउनुभयो । कार्यक्रमहरु दिनैभर चल्नेछ । कलेजले समाजका हरेको क्षेत्र प्रतिको उत्तरदायित्व बहन गर्दै आएको पौडेलको भनाइ छ । भोलि हुने कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई उहाँले आग्रह गर्नुभयो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.