• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

युटेकमा बिई आइटी र एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सुरु

  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक)ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक निर्देशक प्रा.डा. केशवदत्त अवस्थीले जानकारी दिनुभयो ।

    कलेजले बिईआईटीमा ४८ जना तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा हरेक ६ महिनामा ३० जना विद्यार्थी भर्ना लिनेगरी पोखरा विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरेको अवस्थीको भनाइ छ । आज सुरु गरिएको कार्यक्रममध्ये चारवर्षे स्नातक कार्यक्रमका लागि १० लाख ६८ हजार रुपैयाँ खर्च हुने तथा स्नातकोत्तर कार्यक्रमका लागि पाँच लाख ५३ हजार रुपैयाँ शुल्क लाग्ने अवस्थीले बताउनुभयो ।

    यसै अवसरमा कलेजमा अध्ययन गर्न भरतपुर महानगरपालिकाभित्रबाट भर्ना हुने विद्यार्थीहरुका लागि थप १५ प्रतिशत छुट दिइने तथा भरतपुर ११ का बासिन्दालाई थप सहुलियत प्रदान गरिने अवस्थीको भनाइ छ । त्यस्तै, आजै आयोजित एक भव्य समारोहकाबीच युटेकले नयाँ कार्यक्रमको शुभारम्भका साथै ‘जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट’को दोस्रो संस्करण समेत अनावरण गरेको उहाँको भनाइ छ ।

    हाल कलेजले स्नातक तहमा बीई कम्प्युटर, बीई सिभिल, बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्सट्रक्सन म्यानेजको अध्यापन गराइरहेको अवस्थीले बताउनुभयो । कलेजबाट हालसम्म पाँच सय भन्दा बढी इन्जिनियरहरु उत्पादन भइ विभिन्न क्षेत्रहरुमा सेवारत रहेका कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिनुभयो । हरेक शैक्षिकसत्रमा पोखरा विश्वविद्यालयबाट लिइने परीक्षामा युटेकबाट विद्यार्थीहरुले चार जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने गरेका ढकालले बताउनुभयो ।

    यस कलेजका विद्यार्थीहरुले डिन लिस्टमा समेत समावेश भइ कलेज तथा विश्वविद्यालय परिवारलाई गौरवान्वित बनाएका भन्दै ढकालले कलेजमा उत्कृष्ट आधुनिक ल्याब, पुस्तकालयका साथै हरेक कक्षामा पावर पोइन्ट प्रोजेक्टर तथा स्मार्ट बोर्डको माध्यमबाट पढाइ हुँदै आएको बताउनुभयो । कलेजमा रहेका युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लबमार्फत विद्यार्थीहरुले विभिन्न आविष्कारका नयाँ मोडलहरु तयार गर्दै आन्तरिक तथा अन्तरकलेज प्रतियोगितासमेत गर्दै आएका कलेजका अध्यक्ष चुडामणि खनालले बताउनुभयो ।

    क्लबले २०२२ मा राष्ट्रिय स्तरको युटेक ह्याकाथन अल्फा, २०२३ मा राष्ट्रियस्तरको युनाइटेड टेक फ्युजन, रोबो फुटबल, प्रोजेक्ट डेमोस्टेसनलगायतका कार्यहरु गरेको खनालको भनाइ छ । कलेजले आगामी सेप्टेम्बर २२ मा ‘दिगो निर्माण, प्रविधि, व्यवस्थापन, चुनौती र अवसर’ विषयमा अन्तर्राष्ट्रिय गोष्टी गर्न लागेको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०६५ मा स्थापना भएको युटेकले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ ९००१ः२०१५ प्रमापत्र प्राप्त गर्नुका साथै नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यतासमेत पाएको खनालले बताउनुभयो ।

    कलेजको नयाँ शैक्षिक कार्यक्रम शुभारम्भको अवसरमा प्रमुख अतिथि पोखरा विश्वविद्यालय प्रविधि तथा विज्ञान संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले नयाँ कार्यक्रमको अवसरका बारेमा प्रकाश पार्नुभएको थियो । यो विषयले यस क्षेत्रको आईटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनसक्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । विश्वविद्यालयले विभिन्न चारवटा संकायमा अध्यापन गराउँदै स्नातकदेखि विद्यावारिधिसम्म झण्डै ६५ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवम् आईटी विज्ञ प्रा.डा. सुवर्ण शाक्यले बीई आईटीको बारेमा तथा पुलचोक क्याम्पसका उपप्राध्यापक एवम् ट्रान्सपोटेसन इन्जिनियरिङ विज्ञ डा. प्रदीप श्रेष्ठले एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका बारेमा जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा शुक्रबार अनावरण गरिएको जर्नलका बारेमा जर्नलका प्रधान सम्पादक डा. अन्जय कुमार मिश्रले प्राध्यापकहरुको लेख रचना राख्न विदेशमा ठूलो रकम खर्च गर्नुपर्ने भन्दै आफूहरुले अनुसन्धानमा आधारित रहेर जर्नल प्रकाशन गरेको बताउनुभयो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.