• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’

  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    राँझा (बाँके) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको आज उद्घाटन गर्दै उहाँले अहिलेको पहिलो विषय र ध्यानदृष्टि नागरिकलाई सहज रुपमा सेवा सुविधा दिने रहेको बताउनुभयो । अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले भन्नुभयो, “पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो ।

    अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध रुपमा काम गर्दै जानेछौँ । यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।” अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले उल्लेख गर्नुभयो । “सरकारी अस्पतालले सेवा गर्न नसकेको होइन, आफ्नो सेवालाई प्रभावकारी बनाउन नसकेको मात्रै हो । त्यसका लागि व्यवस्थित तरिकाले काम गर्न जरुरी छ”, मन्त्री पौडेलले भन्नुभयो, “गरिरहेको काममा अलि बढी योगदान गर्नुपर्ने अवस्था छ ।

    अतिरिक्त समयमा काम गरेर भए पनि नागरिकलाई सेवा दिऔँ, त्यसबापतको गर्नुपर्ने सहयोग मन्त्रालयले गर्नेछ ।” भेरी अस्पतालले आफूले सोचेभन्दा व्यवस्थित रुपमा सेवा प्रवाह गरेको पाए पनि अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँले जोड दिनुभयो । अनलाइनबाट बिरामी दर्ता गर्ने प्रणाली सञ्चालन गरेकामा प्रशंसा गर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रयोगशालाको रिपोर्ट पनि अनलाइन सेवाबाटै नागरिकले पाउनेगरी व्यवस्था गर्न आग्रह गर्नुभयो । भेरी अस्पतालमा न्यूनतम दरबन्दी उपलब्ध गराई चिकित्सक र स्वास्थ्यकर्मी बढाइने आश्वासन दिँदै उहाँले भन्नुभयो, “अहिले भएको स्रोतसाधनलाई अधिकतम प्रयोग गरी सेवा दिनुहोस्, एमआरआइ र सिटीस्क्यानको सेवा नागरिकले पाउनुपर्छ, यो सेवा बाहिर गरेर उपचार गर्न भेरीमा आउनुस् भन्न मिल्दैन ।”

    सो अवसरमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा प्रकाश थापाले भेरी अस्पतालको अहिलेको अवस्था, समस्या र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । स्वास्थ्य सचिव डा रोशन पोखरेलले सरकारी अस्पतालमा जनताको विश्वास बढ्दै गएको बताउँदै भेरी अस्पतालका आवश्यकता र समस्या समाधान गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

    अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय सांसद दीपा शर्माले भेरी अस्पताल पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै प्रेषण केन्द्रका रुपमा रहेकाले यसको स्रोतसाधन, दक्ष जनशक्ति र भौतिक पूर्वाधारमा मन्त्रालयले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.