• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम आजदेखि सुरू

  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भरतपुर–७, कृष्णपुरस्थित ‘क’ वर्गको अङ्कुरम् एकेडेमीमा पहिलो संस्करणको ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सुरू भएको छ । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका सामाजिक विकास समिति संयोजक परमेश्वर खनालले बिरूवामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले अङ्कुरम् चितवन जिल्लामा आफैमा नमुना भएको र यस्ताखाले नमुना कार्यक्रमहरुबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘म धेरै कार्यक्रमहरुमा अन्य विद्यालयहरुमा जाने मौका पाएको छु तर, अङ्कुरम्को व्यवस्थापन चितवनमा प्रशंसायोग्य छ ।’ उनले यस्ताखाले कार्यक्रमले भविष्यका योग्य लिडर्स जन्माउने बताए । उनले भने, ‘नेपालमा साधारणतया विद्यालयीय कार्यक्रमहरुमा राजनीति केन्द्रबिन्दुमा पर्ने भए पनि यस्ताखाले कार्यक्रमले विद्यार्थीलाई विश्वस्तरमा ‘ट्याकल’ गर्न सक्षम बनाउने बताए ।

    चितवनमै पहिलोपटक सञ्चालन भइरहेको अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ (अङ्कुरम्–मोडेल युनाइटेड नेसन्स (एएमयुएन) कार्यक्रममा चितवनसहित बाहिरी जिल्लाबाट समेत २८१ प्रतिनिधिहरूको सहभागिता रहेको छ । उक्त नमुना अभ्यास कार्यक्रममा २३८ जना प्रतिनिधिले संयुक्त राष्ट्रसंघका छवटा अङ्गहरुमध्ये पाँचवटा अङ्गमार्फत विभिन्न देशको प्रतिनिधित्व गर्दैछन् । उनीहरुले विश्वव्यापी समस्याका बारेमा आफूहरुले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधनसमेत सुझाउने कार्यक्रम छ ।

    अविप्श्या कार्की सभापति रहेको समिति युएनएचसीआरमा उपसभापति ऋति श्रेष्ठ, समृद्धि क्षेत्री सभापति रहेको युएनइपीमा उपसभापति सिर्जना लम्साल, पल्लव अधिकारी सभापति रहेको युएनएससीमा दिमिसा विष्ट उपसभापति, शुभांसराज के.सी सभापति रहेको समिति युनिसेफमा जोएल के.सी. उपसभासति र साजन अधिकारी सभापति रहेको समिति डब्ल्यूएचओमा आकर्षा सापकोटा उपसभापति रहेकी छिन् । त्यसैगरी रुपेश घिमिरे, आश्ना कोइराला, प्रिशा न्यौपाने, क्रिष्टल अधिकारी, प्रशन्न ओली र राजन पौडेलले कार्यक्रममा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् भने स्नेह कर्माचार्यले अन्तराष्ट्रिय प्रेस संयोजकको भूमिका निर्वाह गर्नेछिन् ।

    अन्तर्राष्ट्रिय प्रेस समितिमा १५ जना रहेका छन् । संयुक्त राष्ट्रसंघका छवटा अङ्गहरुमध्ये पाँचवटा अङ्गहरुको प्रतिनिधित्वहरुले आफूले अनुसन्धान गरेको विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने, विषयवस्तुमा आधारित रही वादविवाद गर्ने, कुटनीतिक सीपको प्रदर्शन गर्ने, समालोचनात्मक चिन्तनको प्रस्तुतीकरण, सामाजिकीकरणको आवश्यकता र औचित्य बोध गर्ने र विश्वव्यापी समस्याहरुको जानकारी लिनेछन् ।

    कार्यक्रममा राष्ट्रसंघका सम्बन्धित अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधिले सोको क्षेत्राधिकार र काम, कर्तव्यबारे अनुसन्धान गर्ने, इतिहास र वर्तमानको अध्ययन गर्ने र विश्वव्यापी समस्याको समाधानका लागि भविष्यमा लागू गर्नुपर्ने कार्यक्रमहरुको पनि तय गर्ने संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्कीले बताइन् । उनले भनिन्, ‘हामीहरु भारतका विभिन्न प्रख्यात विश्वालयहरुमा लगातार तीन वर्षसम्म आयोजित कार्यक्रमहरुमा सहभागी हुने मौका पाएर अहिले आफ्नै विद्यालयमा विशिष्ट किसिमको कार्यक्रम आयोजना गर्न सफल भयौँ ।’

    अभ्यास गर्न लागिएका संयुक्त राष्ट्रसंघका पाँचवटा अङ्गहरुमध्ये प्रत्येक अङ्गमा ४५ जना विद्यार्थीको प्रतिनिधित्व रहेको छ भने प्रत्येक अङ्गका प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्व गर्ने कार्यक्रम छ । जसमध्ये संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का प्रतिनिधिले जातिवाद उन्मूलनका लागि जात व्यवस्थाविरूद्ध लड्ने रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी)का प्रतिनिधिले प्लाष्टिकका अवशेष र पानीमा यसको मिसावटले पार्ने प्रभावलाई कम गर्ने रणनीति तय गर्नेछन् ।

    त्यसैगरी, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी)का प्रतिनिधिले इजरायल–प्लालेष्टाइन द्वन्द्वमा दिगो शान्तिको प्रयाससम्बन्धी रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)का प्रतिनिधिले गुणस्तरीय शिक्षामा प्रत्येक बालबालिकाको पहुँच पु¥याउने रणनीति निर्माण गर्ने र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रतिनिधिहरुले विश्वव्यापी मानसिक स्वास्थ्य संकटलाई सम्बोधन गर्दै सोका लागि स्रोत र समर्थन जुटाउने रणनीति तय गर्ने विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

    कार्यक्रमका संयोजक विद्यालयका मावि तहप्रमुख अर्जुन जी शर्माले उपत्यकाबाहिर यति ठूलो संख्यामा सहभागी भई नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम पहिलोपटक भएको बताए । विद्यालयका प्राचार्य सुमन पौडेलको सभापतित्वमा भएको उद्घाटन समारोहमा बोल्दै उनले एएमयुन कार्यक्रम एउटा विशाल मञ्च (प्लाटफर्म) भएको र सहभागीले यस मञ्चमार्फत आफ्नो प्रतिभा प्रस्फुटित गर्ने अवसर पाउने बताए ।

    विद्यालयका आवासीय निर्देशक नैम चौधरीले स्वागत मतव्य राखेको कार्यक्रमको औपचारिक सत्रमा विद्यालयाक कार्यकारी निर्देशक नवराज पौडेल, निर्देशक सरला पौडेल, शिक्षक–अभिभावक संघका अध्यक्ष गणेश पौडेल, एएमयएुन महासचिव सहप्राचार्य ओमराज मैनालीलागायतले मायाको चिनो वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन विशाल सापकोटा र प्रथमा लोहनीले गरेका थिए ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.