चितवन । नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन । परिचय नखुलेको अन्दाजी ३० बर्षीय पुरुष हामफालेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मध्यान्ह सांँढे १२ बजे भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोक स्थित नारायणीको पुलबाट ती व्यक्ति हामफालेका थिए ।
उनी हामफालेको सूचना प्राप्त गर्ने बित्तिकै विपद व्यवस्था टोलीले खोजतलास कार्य जारी राखेको प्रहरीले जनाएको छ । हालसम्म पनि उनी फेला परेका छैनन ।








