• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बागलुङ बजारमा लाखेको रौनक

  •   मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो । शाक्य कल्याण समाज बागलुङले लाखे नाच संरक्षणको अगुवाइ गर्दै आएको छ । साउनको चतुर्दशीदेखि नाचिने लाखे तीजसम्म नाचिन्छ । हिजोआज बजारको चोक तथा गल्लीमा लाखे नाचको रौनकता छाएको छ ।

    झ्याली र बाजाको तालमा दुईवटा लाखे मुखुण्डो लगाएर रङ्गीविरङ्गी कपडासहित नाच्ने गर्छन् । लाखे नाच हेर्न गएका बालबालिकाले ‘चे लाखे भूत’ भन्दै जिस्काउँदा लाखेले दौडिएर लखेट्ने दृश्य रोचक देखिन्छ । तीन सय वर्ष अघिदेखि राक्षसको रुपमा रहेको घण्टाकर्णलाई मारेपछि पुनःराक्षसको अवतार नदोहोरियोस् भन्न लाखे नाच्ने परम्परा रहेको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो ।

    “तीन सय वर्ष पहिला काठमाडौँबाट व्यापार गर्न बागलुङ आएका नेवार समुदायले आफ्नो संस्कारको रुपमा लाखेनाच लिने गरेको छ”, शाक्यले भन्नुभयो, “नेवार समुदायले लाखे संरक्षण गर्दै आएका छन्, गाईजात्राको दिनदेखि पुनः भदौरे नाच प्रदर्शन हुन्छ ।” एक महिना नाचिने लाखेमा लाखेको भूमिकामा नाच्ने कलाकार पाउन गाह्रो हुन थालेको छ ।

    स्थानीय सरकारले लाखे र भदौरे नाच संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । लाखे र भदौरे नाचमध्येको एक जोगी नाच शाक्य कल्याण समाजले संरक्षण गर्दै आएकोमा होवा नाच, रोपाइँ नाच, जोगी नाच र घोडा नाचे नेवा ल्याम पुचले गर्दै आएको मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले जानकारी दिनुभयो । खर्चिलो भएकै कारण नागनागिनी र थेत्तर नाच लोप भइसकेको स्थानीय बताउँछन् । बास्सा नाचसमेत लोप हुने अवस्थामा पुगेको अध्यक्ष राजभण्डारी बताउनुहुन्छ ।

    बागलुङ नगरपालिकाले यहाँको नेवार समुदायमा रहेको हनुमान नाच जोगाउन नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ । आगामी दिनमा लाखे नाच र भदौरे नाच संरक्षण गर्न नगरपालिकाले अग्रसरता देखाउने नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.