चितवन। भरतपुरमा सिँचाईको नहरमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२ स्थित स्वामिचोक नजिक रहेको सिँचाई नहरमा पौडी खोल्ने क्रममा शुक्रबार मृत्यु भएको हो।
मृत्यु हुनेमा गोरखाको सिरानचोक गाउँपालिका -८ स्थित चिप्लेटीका १० बर्षिय एल्सन परियार रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर गम्भिर घाईते भएका उनलाई प्रहरीले उद्वार गरेको थियो ।
तर, भरतपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । परियार परिवारको साथमा भरतपुर ११ बसेनी स्थित डेरामा बस्दै आएका थिए ।








