चितवन । भरतपुर महानगरपालिका–१० स्थित जिल्ला कारागार कार्यालय अगाडि मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
आज बिहान साढे २ बजेको समयमा हाकिमचोकबाट ज्येष्ठ नागरिक चोकतर्फ जाँदै गरेको ना ४४ प ४४९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको थियो ।
मोटरसाइकल दुर्घटना हुँदा चालक भरतपुर–११ बस्ने ४० वर्षीय जीवन रावतको निधार र घाटीमा चोट लागी मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल कारागार कार्यालयको नियन्त्रणमा छ ।








